देउखुरीमा बस दुर्घटना: एकको मृत्यु, ३२ घाइते

नेपालगञ्‍ज, २५ जेठ – जनकपुरदेखि नेपालगंज जादै गरेको ना ५ ख १८२९ यात्रु बस देउखुरीको राप्ती गाउँपालिकाको पहरुवामा दुर्घटना भएको छ।

दुर्घटनामा भारत लखिनपुर निवासी ५ वर्षीय निरुबी मोहम्मद बालकको घटनास्थलमा मृत्यु भएको छ भने ३२ जना घाइते भएको लमही इलाका प्रहरी प्रमुख अरुण सिंहले जानकारी दिएका छन् ।

घाइतेमध्ये पाँच जनाकाे लमही अस्पतालमा उपचार भइरहेकाे छ भने २७ जनाको नेपालगञ्ज रिफर गरिरएको छ । चालक निदाउँदा बस दुर्घटना भएको प्रहरीको अनुमान छ । बस सडकबाट तल खोलामा खसेको छ ।

पाँच महिला, तीन पुरुष, दुई बालिका र एक बालक गरी जम्मा ११ जनाको अवस्था गम्भीर रहेको लमही प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार