दूध र दहीमा दिसामा पाइने जीवाणु

काठमाडौं २६ जेठ  उद्योगहरूले उत्पादन गरेर बजारमा बेच्न पठाएको प्रशोधित पानी, दूध र दहीमा दिसामा पाइने हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ ।

विभिन्न उद्योगका घिउ र तेल पनि गुणस्तरहीन भेटिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमन र परीक्षणमा पानीमा कोलिफर्म र ई। कोली भेटिएको हो ।

चालू आर्थिक वर्षको १० महिनामा खराब पानी उत्पादन गर्ने २२ सहित दूध, दही, तेल र घिउ गरी १३५ उद्योगविरुद्ध विभागले जिल्ला प्रशासन कार्यालयमा मुद्दा चलाएको छ ।

ई कोली मानिस तथा जनावरको तथा कोलिफर्म मानिसको दिसामा पाइने जीवाणु हुन् । यस्ता जीवाणुयुक्त पानी सेवन गरे झाडापखालालगायत गम्भीर रोग लाग्ने चिकित्सकहरू बताउँछन् ।- नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार