पेट्रोलियम अन्वेषणमा सघाउने भन्दै चीनले खानी ओगट्यो

काठमाडौं, २७ जेठ – करिब दुई वर्षअघि भएको प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो चीन भ्रमणमा नेपाल–चीनबीच नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण सहयोग गर्ने सम्झौता भएको थियो ।

सो सम्झौतामा चीनले नेपालमा पेट्रोलियम पदार्थ तथा ग्यास अन्वेषणका लागि आर्थिक र प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

चीनले दैलेखको ग्यास खानी र विभिन्न पेट्रोलियम ब्लकमा अन्वेषण गरिदिने सहमति गरेको थियो । तर, सहमति गरेको दुई वर्ष बितिसक्दा पनि अन्वेषण शुरु हुन सकेको छैन । – नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार