https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

राष्ट्रियसभा सदस्यको भाग्य गोलाप्रथामा

काठमाडौं,  २८  सोमवार – संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभाका सदस्यको कार्यकाल निर्धारणका लागि असार ४ गते गोलाप्रथा हुने भएको छ। राष्ट्रियसभा कार्यसञ्चालन नियमावली पारित भएसँगै संघीय संसद सचिवालयले सदस्यको कार्यकाल टुंगो लगाउने तयारी गरेको  छ।

कुल ५९ सदस्य रहने राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक चौथाइ सदस्यको कार्यकाल सकिनेछ। सदस्यको कार्यकाल दुई, चार र छ वर्षको हुनेछ। पहिलो दुई वर्षमा १९ र चार तथा छ वर्षमा २०२० सदस्यको कार्यकाल सकिने व्यवस्था गरिएको छ।

राष्ट्रियसभा सदस्यको पूर्ण कार्यकाल छ वर्षको हुने संवैधानिक व्यवस्था छ। स्थायी सदन राष्ट्रियसभामा पहिलो दुई वर्षमा पदावधि सकिने सदस्यको स्थानमा पुनः निर्वाचन भई सदस्य थपिँदै जानेछन्।

गोलाप्रथामा पदाधिकारीसहितका सबै सदस्य समेटिनेछन्। स्थायी संरचना भएकाले सदस्यको रिक्तता भने हुने छैन। कार्यकाल सकिएका सदस्य पुनः उम्मेदवार हुन समेत पाउने व्यवस्था गरिएको छ।- गाेरखापत्र दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार