सरकारको बजेटसँगै यसरी आकासियो बजार भाउ

काठमाडौं, २९ जेठ –  जेठ १५ को बजेटपछि अधिकांश दैनिक उपभोग्य वस्तुको भाउ आकासिएको छ । उपभोक्ताहरू कृत्रिम मूल्यवृद्धिको मारले रन्थनिएका छन् । बजेटमा करको दरमा गरिएको हेरफेर र उद्योगीले पाउँदै आएको भ्याट फिर्ता खारेजीले बजार भाउ बढेको खुद्रा बिक्रेताहरूको भनाइ छ ।

तर, नियमन गर्ने सरकारी निकाय भने मूल्यवृद्धिबारे बेखबर छ । उल्टै बजार भाउ नबढेको दाबी गर्छ । ‘हामीले काठमाडौंका खुद्रा र थोक बिक्रेताहरूकोमा अनुगमन गरेका छौँ । उनीहरूसँग छलफल पनि गर्‍यौँ ।

मौज्दात सामग्रीमा कत्ति पनि मूल्यवृद्धि नगरेको मूल्यसूची नै उनीहरूले हामीलाई दिएका छन्,’ आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले भने ।

र पनि सरकार भन्छ : मूल्यवृद्धि देखिएन

-बजार अनुगमन गर्ने आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग कृत्रिम मूल्यवृद्धिबारे अनभिज्ञता जनाउँछ । पटकपटक गरिएको अनुगमनमा बजारभाउ नबढेको उसको दाबी छ ।

-‘हामीले चेम्बर अफ कमर्स, थोक बिक्रेताहरूलाई बोलाएर छलफल गर्‍यौँ, उनीहरूले मूल्य नबढाएको जानकारी हामीलाई गराएका छन्, मूल्यसूची नै दिएपछि नपत्याएर के गर्नु ?’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने ।

-खुद्रा पसलहरूमा अनुगमन गरिएको गौचनले बताए । त्यसक्रममा मूल्यवृद्धि भएको नपाइए पनि खरिद तथा बिक्री गर्दा बिल लिने-दिने नगरेको देखिएको गौचनले बताए । ‘यत्तिले शंका गर्ने ठाउँ छ,’ उनले भने ।-  नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार