दूध उत्पादन वृद्धि गर्न उन्नत जातका राँगो भित्राइयो

कृर्षकलाई स्वरोजगार बनाउने जनप्रतिनिधिको उद्घोष

अर्घाखाँची– स्थानीय जातको भैसीले दुई लिटरसम्म दूध दिन्छ । बेच्न पुग्दैन । धेरै दूध उत्पादन गरेर बिक्री गर्न भुमिकास्थान नगरपालिका–९ ढिकुराका ओमप्रकाश खनाललाई मन छ । दुई भैसी दुहुना छन । चार लिटर दूध हुन्छ । आधा दूध बिक्री गर्छन् । धेरै दूध दिने भैसी पाल्न आतुर छन । गाउ“भर स्थानीय (लिमी पार्काेटे) जातका भैसी छन् ।

दूध उत्पादन वृद्धि गर्न भूमिकास्थान नगरपालिका र जिल्ला पशुसेवा कार्यालयले कृषकलाई दस वटा उन्नत जातका मुर्रा रा“गो वितरणको खबरले उनी उत्साहित छन । मुर्रा रा“गोको वीर्य र स्थानीय जातको भैसीबाट जन्मिएका भैसीले छ लिटरसम्म दूध दिन्छन । ब्याएको एक वर्ष अवधिमा भैसी फेरी गर्भाधान हुन खोज्छ । ‘भैसीलाई उन्नत रा“गो नै लगाइदिन्छु,’ उनले भने, ‘धेरै दूध उत्पादन गर्ने र बिक्री गरेर परिवार पाल्ने खर्च बनाउनुछ ।’ भैसीको दूध प्रतिलिटर ५५ रुपैया“मा बिक्री हुन्छ ।

दुईचार वटा भैस पाल्न घा“स प्रशस्त छ । विदेश कतै नगई भैसीपालन व्यावसाय सञ्चालन गर्ने मन रहेको उनले बताए । दुई दुहुना भैसी र दुई पाडी छन । ‘भैसीपालन विस्तार गर्छु,’ उनले भने, ‘दूध बेचेर घरखर्च र छोराछोरीको पढाई खर्च जुटाउछु । राजगारी खोज्दै विदेश जान्न ।’ गोठमा भैसी, बाख्रा छन । खेतबारीमा मलको लागि पालिएका छन । ढिकुराबाट सन्धिखर्क बजार नजिकै छ । एकसय पचास कृषकले विहान एक, दुई लिटर दूध बोकेर बजार पुग्छन । ‘नून, तेल र चामल किन्न गुजारा चलेको छ,’ शान्ता खनालले भनिन, ‘व्यावसायीक रुपमै पाल्ने योजना छ । एउटा दुहुना र अर्काे ब्याउने छ । तीन पाडी छन ।’

वडा–९ का चिन्ताबहादुर खत्रीले वर्षौदेखि रा“गो पाल्दै आएका थिए । उनले दुई भैसी पालेका छन । क्रसबाट जन्मिएका भैसीले धेरै दूध दिने आशामा उनी छन । उनी जस्तै दस कृषकले मुर्रा रा“गो पाल्ने जिम्मा पाएका छन । एउटा भैसीको शुल्क सात सय रुपैया“ लिन रा“गो पाल्ने कृषकले लिन पाउनेछन । त्यही दुःखले उन्नत जातको भैसी पाले दूध धेरै बेच्न पाइन्छ । आम्दानी पनि बढछ । मुर्रा रा“गो र स्थानीय भैसीको क्रसबाट जन्मिएका भैसीले दूध तेब्बर दिन्छन । दूध उत्पादन गर्न एक वडामा एउटा रा“गो वितरण गरिएको छ ।

‘मुर्रा भैसीले दस लिटर दूध दिन्छन,’ वरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौडेलले भने, ‘स्थानीयमा क्रस गराएर जन्मिएको भैसीले ६ लिटरसम्म दिन्छ । दूध उत्पादन गर्ने लक्ष्यले रा“गो वितरण गरिएको हो ।’ नगरमा १० वडा छन । एक जना कृषकको घरमा रा“गो पाल्न दिइएको छ । दूध उत्पादन गर्न नश्ल सुधार गरेर दूध उत्पादनमा वृद्धि गर्न मुर्रा रा“गो भित्राइएको हो । एक वर्षमा दुई वटा भैसीलाई वीर्य दिन सक्ने क्षमताको मुर्रा रा“गो भएको उनले बताए । वडाअध्यक्षको सिफारिसमा नगरपालिकाले अनुमोदन गरी कृषकलाई पाल्न जिम्मा लगाइएको हो ।

केन्द्रिय गाइभैसी प्रवद्धन कार्यालयको आर्थिक सहयोगमा कपिलवस्तुको लुम्बिनी एकीकृत कृषि फार्ममा उत्पादन भएका उक्त रा“गो कृषकलाई निशुल्क वितरण गरियो । भूमिकास्थान नगरपालिकाको बस्तीमा पशुपालनको राम्रो संभावना छ । कृषकले घरमा पालेका भैसीलाई नश्ल सुधार गरी धेरै दूध उत्पादन गर्न उन्नत रा“गो वितरण गरेको नगर उपप्रमुख खडानन्द बेल्वासेले बताए । ‘एउटा कृषकले दुई÷चार लिटर दूध बेचेर भित्रेको पौसाले घरखर्च चलाउन सजिलो हुन्छ,’ उनले भने, ‘दूधबाट नगरवासी कृषकलाई स्वरोजगार बनाउने लक्ष्य छ ।

मोटरबाटो र सदरमुकाम बजार नजिक भएकाले दूध बिक्री गर्न सहज छ ।’ नगरभरी धेरै दूध उत्पादन गर्ने, वडामा संकलन केन्द्र, चिलिमभ्याट स्थापना गर्ने र गाडीबाट बजारमा पठाउन सकिन्छ । गाउ“मै छ्रुर्पी, कुराउनी, दही, ध्यू उत्पादन गर्ने योजना नगरको रहेको बेल्वासेले दावी गरे ।

दूध उत्पादनमा नमूना नगर बनाउ“छौं, उनले भने । बाख्रा, लोकल कुखुरा, बंगुरपालनको लागि आउ“दो नगरसभाबाट बजेट छुटाउन योजना तय गर्न लागिएको उनले बताए । तरकारी, अन्नबाली, मसलाबाली, फलफुल खेती र पशुपालनमा आधुनिकीकरण गरी फरक तरिका अपनाएर कृषकलाई व्यावसायीक बनाउन तालिम, प्राविधिक ज्ञान र सीप सिकाइने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार