अर्घाखाची उवासंघमा श्रेष्ठ

अर्घाखाची– उद्योग वाणिज्य संघको सातौं साधारणसभा तथा पाचौं अधिवेशनबाट युवराज श्रेष्ठ निर्वाचित भएका छन । उनले ३ सय २८ मत ल्याएर विजयी भए । उनका प्रतिद्धन्द्धी कृष्णप्रसाद भुसालले ३२ मत ल्याए । अध्यक्षमा श्रेष्ठ र भुसालबीच मात्रै चुनाव भएको हो । अन्य पदाधिकारी र सदस्य सबै निर्निरोध निर्वाचित भए ।

संघको वरिष्ठ उपाध्यक्षमा नेत्रप्रसाद भुसाल, वाणिज्य उपाध्यक्ष जीवलाल बञ्जाडे, उद्योग उपाध्यक्ष रामप्रसाद भुसाल, महासचिव प्रदिप मिश्र, सचिव युवराज खत्री र कोषाध्यक्षमा तुल्सीराम खनाल चयन भएका छन । महिला सदस्यमा कमला भुसाल, यमकला बञ्जाडे र पार्वता श्रेष्ठ चुनिए । खुला सदस्यमा देवराज श्रेष्ठ, हुमप्रसाद बञ्जाडे, गोपालप्रसाद भुसाल, डिलबहादुर खत्री, साजन ओली, कृष्णप्रसाद खनाल, रुद्रप्रसाद श्रेष्ठ, जमालदिन मिया“, सन्तोष बस्नेत, वेदराज घिमिरे, कृष्णप्रसाद भुसाल, राजेन्द्र जिसी, लेखनाथ भुसाल, लक्ष्मण क“डेल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कमल पंथीले बताए ।

अध्यक्षमा चुनाव भएपनि अरु पदमा विभिन्न राजनीतिक आस्थामा आबद्ध व्यावसायीबीच सहमतीको आधारमा समितिको चयन भएको हो ।
यस अघि कृष्णप्रसाद श्रेष्ठ १५ वर्ष नेतृत्वमा रहे । हाल उनी महासंघको केन्द्रीय सदस्य छन । निर्वाचित भएपछि युवराजले जिल्लामा उद्योग विस्तार र व्यावसायीको हकहित र पक्षमा काम गर्ने बताए । उनले कृषि, पर्यटन र साना घरेलु उद्योगको विस्तार गर्नुपर्ने तर्क गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार