सितगंगामा जिप दुर्घटना, ११ घाइते, ५ को अवस्था गंभिर

अर्घाखाँचीको सितगंगा नगरपालीका वडानं ५ जुकेना बंसेरीमा  जिप दुर्घटना हुदा ११ जना घाईते भएका छन् । ठाडा अमराई बाट जुकेना हुदै धनचौर तर्फ जादै गरेको लु १ ज १७६७ नम्बरको जिप दुर्घटना हुदा मालारानी ७ का जिप चालक ३७ बर्षिय कमल जिसी , भुमिकास्थान नगरपालीका १० की ४० बर्षिय धनिकला पुन , सोहि ठाँउका १० बर्षिय रेसम गैरे , ४४ बर्षिय केशव पुन ,५५ बर्षिय सरस्वता गैरे ,१२ बर्षिय रेशम गैरे घाईते भए । रूकुम जिल्ला त्रिबेणी गाँउपालीका ८ का २८ बर्षिय टेकम खड्का , जिल्ला काठमान्डौ नागार्जन नगरपालीका बस्ने ३२ बर्षिय दिपक बस्नेत , अर्घाखाँची सितगंगा ६ का ६४ बर्षिय दिtल बहादुर नेपाली , ६२ बर्षिय जुनकला नेपाली , २२ बर्षिय समिता जिसी घाईते हुनु भएको छ । घाईते मध्ये ५ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारका लागी बुटवल रिफर गरिएको छ भने अन्यको स्थानिय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार