उद्घाटन खेलमा रसियाको साउदी अरबमाथि ५-० को फराकिलो जीत

काठमाडौं – रसियामा शुरु भएको विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियालाई ५-० गोलले पराजित गर्दै राम्रो शुरुवात गरेको छ।  विश्वकपको पहिलो खेलको १२ औं मिनेटमा साउदी अरेबियाविरुद्ध रसियाले पहिलो गोल गर्दै खाता खोलेको थियो। रसियाका लागि युरी ग्याजिन्सकीले पहिलो गोल गरे। उनले एलेक्जेडरको पास मार्फत हेडिङ् गर्दै बललाई जाली चुमाएका थिए।

आयोजक रसियाले पहिलो हाफमा २ गोलको अग्रता लिएको थियो। खेलको १२औं मिनेटमा युरी गाजिनस्कीले पहिलो गोल गरेका थिए। त्यसैगरि ४३औं मिनेटमा डेनिस चेरीसेभले दोस्रो गोल गर्दै रुसलाई २-०   को अग्रता दिलाएका थिए।

साउदी अरेबिया रसियाको अगाडी निरिह देखिएको थियो। केही गोल गर्ने संभावनाहरुमा भने साउदी चुकेको थियो। त्यस बाहेक कुनै पनि समय साउदी अरेबिया खेलमा रसियालाई टक्कर दिने स्थितीमा देखिन्थेन।

दोस्रो हाफमा खेलको ७१औं मिनेटमा तेस्रो गोल गरेको रसियाले ९० औं र ९३ औं मिनेटमा चौथो र पाँचौं गोल गरेको थियो। तेस्रो गोल आर्टेम ज्युबाले गरेका थिए भने चौथो गोल डेनिस चेरीसेवले गरेका थिए। खेल सकिने बेलामा पाएको फ्रिकीकमा एलेक्जेन्डर गोलोविनले पाँचौं गोल गरेका थिए।

खेल दौरानमा ५९% बल आफ्नो पक्षमा राखे पनि साउदी अरेबियाले कुनै पनि समय रसिया बिरुद्ध जित्न सक्ने संभावना देखाएको थिएन। विश्वकपको खेलको सुरुवात ‘फेयर प्ले’को रुपमा हेर्ने हो भने सकारात्मक देखिन्छ । दुवै टोलीले १-१ मात्र पहेलो कार्ड पाएका थिए।

जीतसँगै रशियाले आफ्नो समूहमा महत्वपूर्ण ३ अंक बटुलेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार