https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

मुख्यससचिव पद त्यागेर एडीबीमा जागिर खान गएका सोमलाल सुवेदीलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमााडौं – विहीबार साँझको मन्त्रिपरिषद्को  बैठकले एशियाली विकास बैंक (एडिबी)का वैकल्पिक निर्देशकबाट डा सोमलाल सुवेदीलाई फिर्ता बोलाउँदै उक्त स्थानमा अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय गरेको छ ।

कर्मचारी प्रशासनको सर्वोच्च मुख्यसचिवको पद गोली मारेर एडीबीको जागिर खान मनिला पुुगेका पूर्व मुख्य सचिव सोमलाल सुवेदी, तलव मात्रै सवा २ करोड रुपैयाँभन्दा बढी माया मारेर फिर्ता हुनुपर्ने भएको छ ।

नेपालको तर्फबाट एसियाली विकास बैंक एडीबीको मनिलास्थित मुख्यालायमा, वैकल्पिक निर्देशक पदमा कार्यरत  पूर्व मुख्यसचिव सोमलाल सुवेदीलाई फिर्ता बोलाउँदै उनको ठाउँमा अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई मनोनयन गर्ने निर्णय गरेपछि, उनी जागिर अबधी सकिन १ वर्ष बाँकी रहँदै फकिर्नु पर्ने भएको हो ।

मोटै रकम पाउने लोभमा, नेपाल सरकारको कर्मचारी प्रशासनको सर्वोच्च पद मुख्य सचिव समेत गोली मारेर मनिला हान्निएका सुबेदीले एडीबीबाट मासिक १८ हजार अमेरिकी डलर तबल थाप्दै आएका थिए । यसको नेपाली रुपान्तरण मासिक १९ लाख ४४ हजार (एक डलरको १०८ रुपैयाँ दरभाउ अनुसार) रुपैयाँ हुन्थ्यो । तर एक वर्ष जागिर अबधी बाँकी हुँदै सरकारले फिर्ता बोलाइदिएपछि उनले वर्ष दिनको २ करोड ३३ लाख रुपैयाँ माया मार्नु पर्ने भएको हो (यो रकम तबलको मात्र हो । उनले पाउने भत्ता र सेवा सुविधा जोडिएको छैन )।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार