काठमाडौं – नेपालको एक अग्रणी टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायककम्पनी, सुबिसु केवलनेट प्रा. लि.ले विश्व कप २०१८ लाई लक्षित गरेर क्लियर टि.भि सेवामा “क्लियर टि.भि.वल्ड कप किक अफ” अफर प्रस्तुत गरेको छ ।
अागामि June 14, 2018 देखि सुरु भईरहेको विश्व कपलाई ध्यानमा राखेर कम्पनीले ग्राहकहरु लाई मात्र रु २०१८ को प्याकेज खरिदमा HD Set -Top Box, जडान सेबा तथा २ महिनाको Clear TV Premium प्याकेज निशुल्क प्रदान गर्ने छ । कम्पनीले, आफ्ना ग्राहकवर्गहरु ले High Definition Picture Quality मा विश्वकप हेरेर भरपुर मनोरञ्जन प्राप्त गरुन भन्ने उद्घेश्यका साथ यस्तो योजना प्रस्तुत गरेको हो ।
Clear TV, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायक कम्पनीको उत्पादनहो । यो नेपालको पहिलो Digital Cable Television सेवाहो जसले MPEG4 Standard Definition/High Definition channels केबल मार्फत, Conditional Access System (CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्दछ ।
सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs), व्यानएथर्नेट (WAN Ethernet), होलसेल आइ.पि ट्रान्जिट(Wholesale IP Transit), एम.भि.पि(MVP), डाटा सेन्टर सोलुसन(Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।
हाल क्लियर टि.भि सेवामा २५० भन्दा बढि डिजिटल च्यानलहरु छन् जसमा ६० भन्दा बढि एच डि च्यानलहरु रहेकाछन् ।