रोनाल्डोको ह्याट्रिकले पोर्चुगलले स्पेन बराबरी, मोरोक्कोको आत्मघाती गोल ईरान बिजयी

काठमाडौं- क्रिष्टियानो रोनाल्डोको ह्याट्रीक गोल मदतले स्पेन विरुद्ध पोर्चुगलले ३-३को बराबरी नतिजा निकालेको छ। प्रतिस्पर्धात्मक खेलमा रोनाल्डोले एक्लै तीन गोल गर्दै स्पेन बिरुद्ध १-१ अंक साझेदारी गरेका हुन्।

खेलको तेस्रो मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए। २४औं मिनेटमा स्पेनका डिएगो कोष्टाले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए।

त्यसैगरि रोनाल्डोले ४४औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा २-१को अग्रता दिलाएका थिए। ५५औं मिनेटमा डिएगो कोष्टाले दोस्रो गोल गर्दै खेलको स्थिती २-२ बनाएका थिए। त्यस्को तीन मिनेट पछि स्पेनका नाचोले दर्शनीय गोल गर्दै स्पेनलाई ३-२ गोलको अग्रता दिलाएका थिए।

दोस्रो हाफमा स्पेनले आक्रमक खेलको प्रदर्शन गर्दै गरेको र पोर्चुगललाई खासै कुनै मौका दिएको थिएन। खेलको ८८औं मिनेटमा रोनाल्डोले फ्री-कीक मार्फत गोल गर्दै पोर्चुगललाई ३-३को स्थितीमा पुर्‍याएका थिए।

खेलको अधिकांश समय स्पेनले बल आफ्नो नियन्त्रणमा राखेको थियो। खेलको ६३% बल आफ्नो पक्षमा राखेको स्पेन पोर्चुगलसँग अंक बाँड्न बाध्य भएको हो। विश्व फुटबलमा रोनाल्डोले आफ्नो साख कायमै राखेका छन्। उनको यो ह्याट्रीक विश्वकप फुटबलको ५१औं ह्याट्रिक रहेको थियो।

ईरानले मोरोक्कोलाई १-० गोलले पराजित गरेको छ। खेलको ९५औं मिनेटमा  मोरोककोका अजिज भहुवाडोजले आत्मघाती गोल गर्दा ईरान बिजयी भएको हो।

मोरोक्कोले खेलमा पुर्ण नियन्त्रण गरे पनि पराजित भएको हो। ६४% बल आफ्नो पक्षमा राखेको मोरोक्को ईरानसँग पराजित भएको हो। ईरानका तीन खेलाडीले पहेंलो कार्ड पाएका थिए भने मोरोक्कोका १ खेलाडीले मात्र पहेंलो कार्ड पाएका थिए। ईजिप्टले पनि अन्तिम समयमा गोल खाँदै उरुग्वे बिरुद्ध पराजित भएपछि मोरोक्को अफ्रिका महादेशको पराजित हुने टोली भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार