नेपाल ट्रेड युनियन काँग्रेसमा पौडेल पक्षका पुष्कर आचार्यकाे प्यानल नै विजयी

काठमाडौं — नेपाल ट्रेड युनियन काँग्रेसमा रामचन्द्र पौडेल  पक्षका पुष्कर आचार्यकाे प्यानल नै विजयी भएको छ । नेपाल ट्रेड युनियन काँग्रेसको छैटौं महाधिवेशनमा देउवा पक्षका एक जना सदस्यमात्र विजयी भएका छन् ।

आचार्यले ८१८ मत ल्याउँदा प्रतिस्पर्धी खिला दाहालले ५३३ मत ल्याए । काँग्रेस सभापति शेरबहादुर देउवा पक्षधर खिलाको प्यानलबाट एक जना खुल्ला सदस्य धु्रवचन्द्र गौतममात्र विजयी भएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादवले ६६८ मत ल्याउँदा अयोध्याप्रसाद यादवले ५६७ मत ल्याए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार