मूल्यवृद्धि खारेजी माग गर्दै राँके जुलुस, प्रहरीकाे हस्तक्षेप

हेटौंडा, ३ असार – नेपाली कांग्रेसआवद्ध नेपाल तरुण दल र नेवि संघले हेटौंडामा मूल्यवृद्धिविरुद्ध राँके जुलुस प्रदर्शन गरेका छन् । राँके जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले ठाउँठाउँमा प्रदर्शनकारीमाथि हस्तक्षेप गरेको थियो ।

मसाल खोस्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच तानातान भएको थियो । तरुण दलका जिल्ला अध्यक्ष ईश्वर पाठक, नगर सभापति सुनिल गिरी, नेवि संघ अध्यक्ष राजु खतिवडासहित नेता कार्यकर्ताले राँके प्रदर्शन गर्दै मूल्यवृद्धि खारेजी माग गरेका थिए ।

राँके जुलुसमा सहभागीले प्रधानमन्त्री केपी ओलीविरुद्ध चर्का नाराबाजी गरेका थिए । तरुण दल मकवानपुर अध्यक्ष पाठकले बोेकेको मसाल प्रहरीले खोसेको थियो । त्यसबेला सामान्य धकेलाधकेल भएको थियो । – नेपाल समाचारपत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार