काठमाडौं – प्रभु गु्प प्रा.लि. ले आज एक समारोहका विच, प्रभु गु्पका अध्यक्ष देवीप्रकाश भट्टचनले पत्रकार सम्मेलनगरी उच्च गुणस्तरीय डिजिटल टिभी च्यानलहरु प्रशारण गरिने बताउनु भयो । बिप्रेषण क्षेत्रबाट काम सुरुगरेको प्रभु ग्रुप हाल बैकिङ तथा विमा क्षेत्रमा समेत आफ्नो प्रभुत्व जमाउन सफल भएको छ ।
प्रभु सहमूले डिजिटल मिडिया प्रशारणमा आधारित प्रभु टिभी (DUB-T2) आजबाट औपचारिक रुपमा शुभारम्भ गरेको छ । ओटिटी प्रणालीमा आधारित प्रभु टिभि टेलिभिजनमा मात्र नभई ड्याङगोल डिभाईस प्रयोग गरि मोबाइल, ट्यावलेट तथा ल्याबटपमा समेत टेलिभिजन च्यानल हेर्न सकिने सुविधा रहेको छ । ड्याङगोल डिभाईस प्रयोग गरि स्मार्टफोन बाट टेलिभिजन हेर्नकालागि डाटा तथा ईन्टरनेट नचाहिने कम्पनिले जनाएको छ ।
प्रभु टिभीले बालबालिका, चलचित्र, खेलकुद, संगीत, मनोरञ्जन, सुचनामूलक नेपाल तथा अन्तर्रा्ष्र्टि«य च्यानलहरु प्रशारण गर्ने छ ।
प्रभु टिभी कलसाइन मार्फत डिभिबी (टिटु )प्रविधिमा आधारित भएर राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय एच डी टिभी च्यानलहरु उपलब्ध हुने छन् । यो प्रविधि बाट सम्पुर्ण डाटाहरु डिजीटलबाट जाने भएकाले अरु प्रविधि भन्दा यो प्रविधिमा टेलिभिजन प्रशारणमा गुणस्तर आउने जानकारी कम्पनिका ईन्जिनिएर विकाश मर्हजन जानकारी गराए ।
पहिलो चरणमा प्रभु टिभी काठमाडौं, भक्तपुर, ललितपुर बाट सुरु गरि चितवन, पोखरा हुँदै नेपालका प्रमुख सहरहरुमा उपलब्ध हुने कम्पनिले जनाएको छ ।
एकल प्रयोगकर्ताले ६ महिनाको १६ सय रुपैयाँ तिरेर टेलिभिजन हेर्न सक्ने छ । यसका लागि १ हजार रुपैयाँ सेटअप बक्सका लागि अतिरिक्त शुल्क लाग्ने छ । संस्थागत प्रयोगकर्ताका लागि मासिक २ सय र सेटअप बक्सका लागि ८ सय अतिरिक्त शुल्क लाग्ने जनाएको छ ।