नाइजेरियामा आत्मघाती विष्फोट, करिव तीन दर्जनको मृत्यु

एजेन्सी — उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा बोकोहराम जिहादी समूहले गराएको दुई विष्फोटमा परी करिव तीन दर्जन व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारी तथा लडाकू नेतालाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

ब्रुनो राज्यको डोम्बोवा शहरमा इद उल–फित्र मनाएर फर्किरहेका नागरिकलाई लक्षित गरी दुई आत्मघाती विष्फोट गराइँदा उनीहरूको मृत्यु भएको हो । बोकोहराम समूहको पहिरनमा देखिएका आक्रमणकारीले विष्फोट गराएका समाचारमा जनाइएको छ ।

सरकार पक्षधर लडाकू नेता बाबाकुरा कोलोका अनुसार सो आक्रमण बोको हराम समूहले गराएको भन्ने बिषयमा कुनै शङ्का छैन । घटनापछि पनि ग्रिनेडको सहयोगमा घटनामा उद्धार गरिरहेका र उद्धारका समय वरपर बसेर हेरिरहेका सर्वसाधारणलाई आक्रमण गर्दा दर्जनौँ मानिस घाइते भएका छन् । घाइतेमध्ये केही मानिसको अवस्था गम्भीर रहेको बताउदै मृतक सङ्ख्या केही बढ्न सक्ने बताइएको छ ।

नाइजेरियामा बोको हरामविरुद्ध लगातार सरकारले चलाएको सुरक्षा कारबाही पछि पछिल्लो समय बोको हरामका गतिविधिमा केही कमी देखिएका समय उत्तरी क्षेत्रमा पुनः आक्रमण भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार