विश्व बिजेता जर्मनी मेक्सिकोसँग पराजित स्विजरल्याण्डले बराबरीमा रोक्दै ब्राजिल

काठमाडौं— विश्व बिजेता जर्मनीलाई मेक्सिकोले आफ्नो पहिलो खेलमा १-०ले पराजित गरेको छ। सन् २०१४को विश्वकप बिजेता जर्मनी समुह चरणमा आफ्नो पहिलो गेम गुमाउन पुगेको हो । त्येसैगरि हिजाे भएकाे अर्काे खेलमा ब्राजिललाई स्विजरल्याण्डले १-१ गोलको बराबरीमा रोक्दै अंक बाँडेको छ।

खेलको ३५औं मिनेटमा लोजानोले गोल गर्दै मेक्सिकोलाई १-०को अग्रता दिलाएका थिए। उक्त गोल नै मेक्सिकोकालागि ३ अंक प्राप्त गर्न पर्याप्त रह्यो। खेलमा जर्मनीले ९ पटक मेक्सिकोको पोष्टमा आक्रमण गरेको थियो तर सफलता हात पार्न सकेन भने मेक्सिकोले ४ प्रयासमा १ गोल गरेको थियो। ६१% बल आफ्नो पक्षमा राखेको जर्मनीले गोल भने गर्न सकेन ।

विश्वकपको संभावित बिजेताका रुपमा हेरिएको ब्राजिललार्इ स्विजरल्याण्डले बराबरीमा रोकेको हो। खेलको २०औं मिनेटमा ब्राजिलका फिलिप कोटिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा पुरै खेल आफ्नो नियन्त्रणमा राकेको ब्राजिलले दोस्रो हाफको सुरुवाती समयमा स्विजरल्याण्डलाई रोक्न सकेको थिएन। खेलको ५०औं मिनेटमा स्विजरल्याण्डका स्टेवेन जुबेरले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याएका थिए।

यो समुहमा सर्बियाले तीन अंक प्राप्त गर्दै अंक तालिकामा प्रथम स्थानमा रहेको छ भने ब्राजिल र स्विजरल्याण्डको १-१ अंक रहेको छ। कोस्टारिका अंक बिहिन रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार