https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

डा देवकोटाको निधनबाट चिकित्सा विज्ञानमा क्षतिः काँग्रेस

काठमाडौं, ५ असार – नेपाली काँग्रेसले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनले चिकित्सा विज्ञानमा अपूरणीय क्षति पुगेको बताउदै काँग्रेस पार्टी परिवारलाई अत्यन्तै दुःखित तुल्याएको जनाएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी हजारौँको जीवन बचाउन सफल डा देवकोटाको असामयिक निधनबाट राष्ट्रका लागि ठूलो क्षति पुगेको बताएका छन् ।

काँग्रेसले डा देवकोटाको निधनबाट चिकित्सा जगत्मा दक्षिण एशियाकै लागि अपुरणीय क्षति पुगेको छ । विज्ञप्तिमा भनिएको छ, “दुर्गम गाउँमा जन्मिएर पनि राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वका रुपमा उहाँले हासिल गरेको सफलता समस्त नेपालीका लागि प्रेरणाका रुपमा रहिरहने छ ।”

सोमबार हेटौँडामा बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले डा देवकोटाको निधनप्रति एक मिनेट मौन धारण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार