अन्तिम समयमा ह्यारी केनको कीर्तिमानी गोलले इंगल्याण्ड बिजयी

काठमाडौं – ईङ्लिश कप्तान ह्यारी केनको २ गोल मदतले ट्युनिसिया २-१ गोलले पराजित भएको छ। केनको ९१औं मिनेटको गोलले ईङल्याण्ड तीन अंक हासिल गर्न सफल भएको छ । खेलको ११औं मिनेटमा ह्यारी केनले गोल गर्दै ईङल्याण्डलाई अग्रता दिलाएका थिए। ट्युनिसियाकालगि पेनाल्टी मार्फत फेर्जानी सासीले गोल गर्दै खेल बराबरमा पुर्‍याएका थिए।

रुस विश्वकप फुटबलमा ह्यारी केनले ट्युनेसिया विरुद्ध दुई गोल गर्दा अनौठो इतिहास बन्यो । उनले विश्वकपमा गरेको दुई गोल इंगल्याण्डका लागि २८ वर्षपछि पहिलो पटक भएको थियो । अर्थात् सन् १९९० मा क्यामरुन विरुद्ध गेरी लिनेकरले दुई गोल गरेका थिए । केनले २८ वर्षपछि गरे ।

खेलमा अधिकांश समय नियन्त्रण राखेको ईङल्याण्डले थुप्रै आक्रमण गरेता पनि गोलमा परिणत गर्न सकेको थिएन। ट्युनिसियाका गोलकिपर र रक्षापंक्तिले केही ईङलिस आक्रमणहरु बिफल पारेका थिए भने केही ईङलिश अग्रपंक्तिका खेलाडीहरुले सदुपयोग गर्न सकेका थिएनन्।

इंगल्याण्डले ९ प्रहार गोलका लागि गर्दा केवल दुई बलमात्र सफल भयो । ट्युनिसियाले भने एक प्रहार मात्र गरेको थियो । ६० प्रतिशत बल इंगल्याण्डको नियन्त्रणमा भए पनि त्यसको पूरापुर सदूपयोग भएन ।

ट्युनिसियाले पनि केही आक्रमणहरु गरेता पनि प्रभावकारी आक्रमणहरु गर्न सकेका थिएनन्। यसअघि सन् १९९८को विश?वकपमा ईङल्याण्ड र ट्युनिसिया भिडेका थिए। उक्त खेल ईङल्याण्डले २-०ले जितेको थियो।

इंगल्याण्डमा प्रिमियर लिग खेलेका एकसे एक खेलाडी भएपनि तालमेल राम्रो भएन । समुह जी को यो खेलपछि समुहमा बेल्जियम र इंगल्याण्डको समान ३–३ अंक छ भने पानामा र ट्युनिसिया अंक विहिन छन् । बेल्जियम र इंगल्याण्ड दुवै टिम अर्को चरणमा जाने दावेदार नै हुन् । तर अपेक्षित खेल दुवै टिमले खेल्न सकेनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार