https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

मन्दिरमा दलित महिला पुजारी, ‘उपल्लो जात’का मानिस आशीर्वाद लिन्छन् !

दाङ, ७ असार – छुवाछुत अपराध मानिए तापनि देशका अधिकांश ठाउँका मन्दिरभित्र दलितको प्रवेश प्रत्यक्ष/अप्रत्यक्ष रूपमा रोक लगाएको पाइन्छ ।

तर, दाङमा भने यस्तो मन्दिर छ जहाँ दलित महिला नै पुजारी छिन् । स्थानीयले मन्दिर निर्माण गरी दलित महिलालाई पुजारी राखेका छन् । ‘उपल्लो जात’का मानिस उनीबाटै आशीर्वाद लिन्छन् ।

घोराही उपमहानगरपालिका–१८ स्थित नागेश्वर महादेव मन्दिरमा स्थानीय पार्वती विश्वकर्मा पुजारी भएर काम गरिरहेकी छिन् ।

भारतमा जन्मिएकी पार्वती तीन वर्षअघि तीन छोरी र श्रीमान्का साथ नेपाल आएकी थिइन् । ४१ वर्षीया पार्वती नेपाल आएर स्थायी रूपमा बस्ने गरी जग्गा किनेकी थिइन् । उनी तीन वर्षदेखि मन्दिरमा पुजारी बसिरहेकाे खबर छ ।

मन्दिरभित्र प्रवेश गर्दा पूरै शरीर ढाक्ने पहेँलो वस्त्र लगाएकी, निधारमा पनि पहेँलै फेटा बाँधेकी, घाँटीमा रुद्राक्ष माला लगाएकी पुजारी पार्वती विश्वकर्माबाटआशीर्वाद लिनेकाे भिड नै लाग्छ। मन्दिर पुगेका सबैले उनीसँग आशीर्वाद मागेर फर्कन्छन् । – नयाँ पत्रिका दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार