थप समयमा २ गोल गर्दै ब्राजिल विजयी, मैदानमै धुरुधुरु रोए नेइमार

काठमाडौं, ८ असार – रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा  अाज भएकाे पहिलाे र समूह चरणको दोस्रो खेलमा कोस्टारिकाविरुद्ध ब्राजिलले  कठिन  जित निकालेको छ  ।

समूह  ‘इ’मा ब्राजिल दुई खेलबाट चार अंक जोडेर शीर्षस्थानमा छ। अघिल्लो खेलबाट निराश रहेका समर्थकलाई ब्राजिलका खेलाडीले २ गोल गरेर डबल खुसी दिएका छन ।

खेलको निर्धारित समय सकिएपछि पहिलो मिनेट अथार्त ९१ औँ मिनेटमा काउन्टर एट्याकका क्रममा ब्राजिलका फिलिपे काउटिन्होले गोल गरेका थिए । त्यसपछि अतिरिक्त समयको छैटौँ मिनेट अथार्त ९७ औँ मिनेटमा नेमारले गोल गर्दै ब्राजिललाई २-० को जित पक्का गराए ।

चर्चित स्ट्राइकर नेमार पनि गोल गर्न नसक्दा दबाबमा थिए। एकपछि अर्को प्रयास असफल भएपछि आक्रोस पोख्ने क्रममा ८१ औँ मिनेटमा खेल भावना विपरीत व्यवहार गरेका कारण नेइमार र कोउटिन्होले पहेँलो कार्ड पाए ।

त्यसअघि उत्कृष्ट मुभ बनाइरहेका बेला ७९ औं मिनेटमा कोस्टारिकाको डिबक्सभित्र नेइमार लडेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जसले हौसिएको ब्राजिलियन लाइन धेरैबेर खुशी रहन पाएन । कोस्टारिकाका खेलाडीको चर्को विरोधपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) मा जाँदा पेनाल्टी नभएको पाइएको थियो ।

पूरा समय मेहनत गरेर कठीन जित पाएकाले खेल सकिएपछि नेइमार मैदानमा घुँडा टेकेर नराम्ररी रोए । लभलग कोस्टारिकाले रोकिसकेको खेलमा जित निकाल्न सक्दा उनले खुशीका आँसु झारेका हुन् ।

विश्वकप अघि घाइते रहेका उनको चोट पहिलो खेलपछि अभ्यासका क्रममा पनि बल्झिएको थियो । पूर्ण रुपमा फिट नहुँदा नहुँदै खेलेका उनले रुस विश्वकपमा पहिलो गोल गरेसँगै आँसु थाम्न सकेनन् । उनका टिममेट जितको खुसी मनाइरहेका बेला उनी भने दुबै हातम मुख छोपेर धेरै बेर रोइरहे ।

ब्राजिलले प्रहार गरेका २० सटमा ९ सट पोस्टको दिशामा थिए । अन्तिम सयमसम्म कोस्टारिकाका गोलकिपर केलर नभासले उत्कृष्ट बचाउ गरेपनि कोउटिन्हो र नेइमारलाई रोक्न सकेनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार