काठमाडौँ, असार – गत ५ गतेदेखिको आफ्नो चीन भ्रमण र समसामयिक विषयबारे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका छन् ।
अार्इतबार बेलुका राष्ट्रपति निवास शीतलनिवास पुगेर आफ्नो मित्रराष्ट्र चीनको छदिने औपचारिक भ्रमणबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएकाे राष्ट्रपति कार्यालयका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका हुन् ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही असार ५ गते देखि प्रधानमन्त्री ओली चीनको भ्रमण सम्पन्न गरी अार्इतबार दिउसाे स्वदेश फिर्ता भएका हुन् ।