सभामुख महराले संसदमा हँसाएपछी …

काठमाडौं, १२ असार – विनियोजन भएको बजेटमाथिको छलफलका लागि गृहमन्त्री रामबहादुर थापा बादल संघीय संसदमा सोमबार ढिलो पुग्नुअघि सभामुख कृष्णबहादुर महराले हँसाएका छन् ।

विपक्षीलगायतका सांसदले समयमा गृहमन्त्री थापालाई नदेखेपछि सभामुखलाई सोधे– खोई गृहमन्त्री । सभामुख महराको जवाफ थियो– जाममा हुनुहुन्छ । संसदमा गलल्ल हाँसोको फोहरा छुट्यो ।

गृहमन्त्री नै उपस्थित नभएको बैठकमा गृहमन्त्रालय माथि छलफलको औचित्य नभएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रश्न उठाउँदै सबै सांसद आ–आफ्नो ठाउँबाट उठेपछि बैठक नै अवरुद्ध भयो । सभामुख कृष्णबहादुर महराले मन्त्री आउँदै गरेको भन्दै आसनग्रहण गर्न अनुरोध गरे तर, कांग्रेसका सांसदहरूले मानेनन् ।

सो क्रममा केहीबेर सभामुख र प्रतिपक्षी दलका सांसदबीच दोहोरो बहस भएको थियो । सभामुख महराले गृहमन्त्री ट्राफिक जाममा परेको र केहीबेरमै आइपुग्ने भनेपछि संसद हल हाँसोले गुन्जियो ।

प्रतिपक्षी दलका सांसदहरूले मन्त्रीविनाको मन्त्रालयगत बजेटमाथिको छलफलको औचित्य नहुने बताएपछि सभामुख महराले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् । विभागीय मन्त्रीको अनुपस्थितिमा छलफल अवरुद्ध भएको यो दोश्रो पटक हो । – जनप्रहार साप्ताहिक

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार