धादिङमा केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भुकम्प

धादिङ, १४ असार – बिहीबार बिहानै धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङ सदरमुकाम धादिङबेँशी केन्द्रबिन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

भूकम्पको धक्का धादिङ, गोरखा, नुवाकोट, चितवन र राजधानीमा समेत महसुस गरिएको थियो । विसं २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको प्रमुख अधिकारीले बताए ।

ससाना भूकम्प गइरहँदा ठूलो भूकम्पको खतरा कम हुने केन्द्रले जनाएको छ । यसअघि गत असार छ गते मिनेटमा ताप्लेजुङलाई नै केन्द्रविन्दु बनाएर दुर्इ पटक भूकम्प गएको थियो ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार