समुह ‘एच’ वाट कोलम्बिया र फेयर प्लेको आधारमा जापान दोस्रो चरणमा प्रवेश

काठमाडौं- रसियामा जारि विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समुह ‘एच’को खेल अन्तर्गत कोलम्बिया र जापान दोस्रो चरण मा प्रवेश गरेका छन् । समूह एचमा रहेको जापानलाई सहज रुपमा अघिल्लो चरण पुग्न पोल्याण्डसँग कम्तिमा बराबरी चाहिएको थियो । तर, ५९ औं मिनेटमा बेडनारेककेा गोलको मदतमा पोल्याण्ड १-० ले विजयी भयो । जितसँगै कोलम्बिया तीन खेलबाट ६ अंकसहित समूह एचको विजेता बनेको छ ।

अर्को खेलमा कोलम्बियाले सेनेगललाई पनि समान १-० गोल अन्तरले नै हरायो । उसको जितमा यारी मिनाले ७४ औं मिनेटमा गोल गरे ।

कोलम्बिया ३ खेलमा ६ अंक सहित समुहमा पहिलो भएको हो भने जापान ३ खेलमा ४ अंक सहित दोस्रो स्थानमा रहेको छ। सेनेगलको पनि ३ खेलमा ४ अंक रहेको छ।  सेनेगललाई २ वटा बढी पहेँलो कार्ड उसका लागि विश्वकपको यात्रामा बाधक बन्यो । जापानले सेनेगललाई फिफा फेयर प्लेको अंकका आधारमा पछि पार्दै दोस्रो भएको हो।

समूह चरणको अन्तिम खेलमा पोल्याण्डले जापानलाई हराएको छ । तर, कोलम्बियाले सेनेगललाई हरायो र दुई पहेँलो कार्ड कम खाएका कारण जापानको भाग्य चम्किएको छ ।

कोलम्बिया र जापानले समुह’जी’को बिजेता र उपबिजेता मध्य ईङल्याण्ड वा बेल्जियमसँग राउण्ड अफ सिक्सटिनमा प्रतिस्पर्धा गर्ने छन्। समुह ‘जी’को बिजेता उपबिजेता निर्धारण ईङल्याण्ड र बेल्जियमको खेल पछि निर्धारण हुनेछ।

कोलम्बिया-सेनेगल
कोलम्बियाले सेनेगललाई १-० गोलले पराजित गरेको छ। खेलको ७४औं मिनेटमा यरी मिनाले गोल गर्दै कोलम्बियालाई १-०को अग्रता दिलाएका थिए। उक्त गोल नै कोल्बियाकालागि जित दिलाउन पर्याप्त भएको थियो।

जापान- पोल्याण्ड
पोल्याण्डले जापानलाई १-०ले पराजित गरेको छ। पराजित भए पनि जापान अंकका आधारमा दोस्रो चरण प्रवेश गरेको छ। पोल्याण्डका जान बेड्नारेकले ५९औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार