विश्‍वकप २०१८ बाट बाहिरीयो अर्जेन्टिना र पोर्चुगल, एकैदिन आउट भए महान खेलाडी मेस्सी र रोनाल्डो

फ्रान्ससँग ४-३ गोल अन्तरले पराजित भएसँगै अर्जेन्टिना विश्वकप २०१८ बाट बाहिरीएको छ। त्येसैगरी उरुग्वेसँग नकआउट चरणमा २-१ गोलअन्तरले हुँदै पराजित हुँदै पोर्चुगल रुस विश्वकपबाट बाहिरिएको छ। योसँगै विश्वकपबाट फुटबलका दुर्इ महान खेलाडीहरु लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकै दिन आउट भएका छन्।

पुर्वविजेता फ्रान्स  विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ। नकआउट चरणको पहिलो खेलमा फ्रान्सले साविक उपविजेता अर्जेन्टिनालाई ४-३ गोलले हरायो। फ्रान्सको जितमा केलिन एमबाप्पेले दुई तथा एन्टोइन ग्रिजम्यान र बेन्जामिन पाभार्डले एक एक गोल गरे। अर्जेन्टिनाका सर्जियो एगुएरो,एन्जेल डी मारिया र गाब्रियल मार्काडोले एक एक गोल गरे।

खेलमा सुरुवाती अग्रता लिएको फ्रान्स ५६ औं मिनेटसम्म २-१ गोलले पछाडि थियो। तर त्यसपछि १२ मिनेटको अन्तरमा तीन गोल थप्यो। पाभार्डले ५७ तथा एमबाप्पेले ६४ र ६८ औं मिनेटमा गोल गरे।

यसअघि  फ्रान्सका एन्टोइन ग्रिजम्यानले १४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। केलिन एमबाप्पेलाई डिबक्सभित्र लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो। अर्जेन्टिनाले ४१ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए।

एन्जेल डि मारियाले पाभोनको  पासमा डीबक्सबाहिरबाट दोस्रो बार च्यापेर गरेको प्रहार गोल भएको थियो। ४८ औं मिनेटमा गाब्रियल मर्काडोले गोल गर्दै अर्जेन्टिनालाई २-१ गोलले अगाडि बढाएका थिए।  लियोनल मेसीले डिबक्सभित्रबाट गरेको प्रहार मर्काडोको खुट्टामा लागेर गोल भएको थियो।

त्येसैगरी उरुग्वेलार्इ क्वार्टरफाइनलमा पुर्याउन इडिसन काभानीले २ गोल गरे। पोर्चुगलकाका पेपेले एक गोल फर्काएका थिए। जितसँगै उरुग्वेले क्वार्टरफाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको छ।

काभानी र सुआरेजले गज्जबको तालमेल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। । मैदानको मध्यभागमा बल अघि बढाई रहेका काभानीले मैदानको तिर रहेका सुआरेजलाई लामो पास दिएका थिए।

लगत्तै मध्यभागबाट दौड्दै काभानी डी बक्समा आइपुगे। जहाँ उनलाई सुआरेजले लामो पास दिए र त्यसमा हेडर गर्दै काभानीले उरुग्वेलाई ८ औं मिनेटमा १–० को अग्रता दिलाएका थिए। ५५ औं मिनेटमा डिफेन्डर पेपेले पोर्चुगलका लागि बराबरी गोल फर्काएका थिए। कर्नरबाट आएको बलमा हेडर गर्दै पेपेले बराबरी गोल फर्काएका थिए। यस्तै काभानीले ६२ औं मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई २–० को जितसहित क्वार्टरफाइनलमा पुर्याएका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार