एघार घण्टापछि मुग्लिङ्ग सडक खण्ड दुईतर्फी सञ्चालनमा

चितवन, २१ असार जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार हिज बिहानै साँढे पाँच बजे टोपेखोला र कालीखोलामा दुई ठुलो पहिरो खसेपछि अवरुद्ध बन्न पुगेको उक्त सडकखण्ड पहिरो हटाएपछि अपरान्ह हिजदिउसाे ४ः३५ देखी दुई तर्फी नै संचालनमा आएको हो । झन्डै ११घण्टा पछि नारायणगढ मुग्लिन सडक खण्ड केहिबेर अघिबाट सञ्चालनमा आएको छ ।

यसअघि दिउँसो टोपेखोला र कालीखोलाको बीच भागमा फसेका सवारी साधनहरुलाई एकतर्फी बाटो खुलाई सुरक्षित स्थानमा पठाईएको थियो ।

मुग्लिङ्गबाट तीन दशमलव १२ किलोमिटरको दूरीमा कालीखोला पर्दछ भने टोपेखोला तीन दशमलव तीन किलोमिटर दूरीमा छ । बीचको १८० मिटरमा मात्रै झन्डै ६० सवारीसाधन रहेका थिए ।

स्तरोन्नति भए पनि सो, सडक खण्डमा काटिएको पहाडका कारण पटकपटक पहिरो जाने क्रममै रहेकोे छ । पहिरो जाने क्रम नरोकिएपछी स्थानीय यात्रु समयमै गन्तव्यतर्फ जान पाइरहेका छैनन् भने , दिनुहुँ आवतजावतमा समेत समस्या हुँदै गएको यात्रुको गुनासो छ ।

यता , ट्राफिक प्रहरीले लामो समयसम्म अबरुद्ध बन्न पुगेको सडक खण्डमा धैर्यधारण गरी आफ्नु लेनमा मात्रै सवारीसाधन चलाउन सबैमा आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार