केसीलाई गृहमन्त्रीको प्रश्नः सडकमा अनशन बसेर समाधान खोज्ने यो कस्तो तरिका ?

काठमाडौं, २१ असार – गृहमन्त्री रामबहादुर थापा बादलले विरोध गर्ने अधिकार कहीँ कतै कुण्ठित नगरेको बताएका छन् । संसद् बैठकमा सांसद्हरुको प्रश्नको जवाफ दिदैं मन्त्री थापाले गोविन्द केसीले उठाएका माप्रति सरकार जानकार रहेको बताए ।

थापाले सरकारले उनलाई विरोध गर्न नदिएर अधिकनायकवादतर्फ गएको टिप्पणी गर्नु उचित नभएको पनि बताए । ‘केसीलाई हामीले गिरफतार गरेका होइनौं’ उनले भने, ‘उहाँले विरोध गर्ने नैसर्गिक अधिकार हामीले खोस्न प्रत्यत्न गरेको पनि होइन ।’

लोकतन्त्रको रक्षाका लागि कानुनको सम्मान गर्नुपर्ने भन्दै थापाले लोकतन्त्रको नाउमा जहाँ पनि गएर अनसन, उनले आग्रह पनि गरे । ‘अनसन र विरोध गर्न निधेष गर्नुको पछाडि पनि लोकतन्त्र रक्षा र सुशासनका लागि हो ।

सरकार विरोध गर्ने अधिकारको कहीँ कतै कुण्ठित गरेको छैन’, उनले भने, ‘अमेरिकाका अस्पतालमा गएर अनसन बस्न पाइन्छ र ? सरकारबाट विद्रोहको गरेका मात्रै त्यो स्वीकार्य हुन्छ । यो सरकार प्रतिगामी हो ? यसले जनताको अधिकार हनन गरेको छ ? कि यो सरकार अल्पमतको सरकार हो ? दुईतिहाइ जनताको मत पाएको सरकार हो भन्ने जानकारी होस ।’

डा गोविन्द केसीको अधिकारलाई दमन तथा कुन्ठित नगरेको भन्दै गृहमन्त्री थापाले नैसर्गिक अधिकारको सम्मान गरेको बताए । लोकतन्त्रका नाममा जहाँसुकै अनशन गर्ने र विरोध गर्ने अधिकार नहुने उनको भनाइ थियो । ‘अब निर्वा्चित सरकार आएको छ, सदन गठन भएको छ भने ती मुद्दाहरुलाई लोकतान्त्रिक तरिकाले हल गर्नुपर्छ’, थापाले भने, ‘कि तपाईँले सडकमा अनसन बसेर हल गर्ने ? जनतिनिधिहरुले हल गर्ने हो कि सडकमा अनसन बसेर हल गर्ने ? कुन लोकतान्त्रिक तरिका हो ?

केसीले उठाएका मागप्रति सरकारको कुनै विरोध नरहेको बताउँदै थापाले संसद्ले नै उनको माग सम्वोधन गर्ने बताए । ‘लोकतान्त्रिक विधिबाटै समस्या समाधान हुन्छ । सडकबाट कुनै पनि विषयको समाधान हुँदैन’, उनले केसीतर्फ लक्षित गर्दै भने ।

स्वास्थ्य मौलिक अधिकार भएकाले त्यसलाई लोकतान्त्रिक तरिकाले परिपूर्ति गर्ने पनि उनले बताए । गंगामाया अधिकारी लामो सयम अनसनमा रहेकोबारे सरकार जानकार रहेको थापाले बताए । ‘यहाँ १५/१७ हजार गंगामायाको समस्या समाधान गर्नु छ’,  थापालले भने, ‘उनी लगायतका समस्या समाधान गर्न हामी तयार छौं ।

यस्ता विषय उठाएर राजनीतिक अस्थिरता निम्याउन खोजिएको हो कि भन्ने आशंका पैदा भएको छ । यसमा सबै सचेत हुनु जरुरी छ ।’  –अन्नपूर्ण पोस्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार