डा. केसीले सरकारी चिकित्सकसँग उपचार गर्न मानेनन्-यसो भने…

काठमाडौँ, २२ असार – डा. केसीले सरकारले पठाएका चिकित्सकसँग उपचार गराउन अस्वीकार गरेका छन् । स्वास्थ्य मन्त्रालयले वीर अस्पतालका वरिष्ठ फिजिसियन डा.जीवन थापा र एनेस्थेसिया एन्ड क्रिटिकल केयर स्पेसलिस्ट डा.सुवास रेग्मीलाई केसीको उपचार गर्न जुम्ला पठाएको छ ।

वीर अस्पतालका निर्देशक डा.भूपेन्द्र बस्नेतले दुवै चिकित्सक जुम्ला पुगिसकेको बताए । तर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पूजन रोकायाले डा. केसीले सरकारी टोलीसँग उपचार गर्न नमानेको बताए । ‘यहीँका चिकित्सकको टोलीमा मलाई विश्वास छ ।

तपाईंहरूको आवश्यकता छैन, फर्के हुन्छ भनेर सरले सरकारी चिकित्सा टोलीलाई भन्नुभयो,’ रोकायाले  भने । हाल केसीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले अन्य संक्रमणको सम्भावनासमेत बढेको उनले बताए ।

आमरण अनशनको छैटौं दिन बिहीबार उनको टोटल ब्लड काउन्ट तीन हजारमा झरेको छ भने किटोन पोजेटिभ देखिएको छ । यसैबीच डाक्टर्स सोसाइटी अफ नेपालले केसीको स्वास्थ्य गम्भीर रहेको भन्दै सरकारलाई जिम्मेवार हुन अपिल गरेको छ । सोसाइटीले डा.केसीको माग पूरा नभए कडा कदम चाल्न बाध्य हुनेसमेत जनाएको छ । – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार