मुस्ताङ्गमा टिपर दुर्घटनामा २० मजदुरको मृत्यु, १२ घाईते धेरै गम्भिर

पोखरा, २२ असार – मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर सडकबाट खस्दा ४ महिला र १६ जना पुरुषको मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी हवल्लार कृष्णगोपाल परियारले जानकारी दिएका छन् ।

ती मजदुरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुरहरु दुर्घटनामा परेका हुन् । उनीहरु चढेको चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र रेग्मीसहितको टोली पनि घटनास्थलतर्फ गएको छ । घाईतेहरुको उद्धारका लागी हेलिकोप्टर परिचालन गरिएको छ । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने मजदुरहरुको सनाखत भईसकेको छैन ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था सामान्य रहेको छ भने अरुको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई उद्दारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पर्खिरहेको घटनास्थलमा रहेका प्रहरी हवल्दार परियारले बताए ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार