सरकारले नियुक्ति बदर गरेकोमा देउवा रुष्ट

रामेछाप, २३ असार – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले विधिसम्मत गरेका राजनीतिक नियुक्ति बदर गरेकोमा सरकारविरुद्ध तीव्र रोष पोखेका छन् ।

कांग्रेस नगर समिति रामेछापले शुक्रबार गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले सरकार स्वेच्छाचारी ढंगले अधिनायकवादतर्फ अघि बढेको आरोप लगाए ।

‘मैले निर्वाचन आयोगको सहमति लिएर गरेका नियुक्ति बदर गर्नुपर्ने कुनै कारण थिएन,’ देउवाले भने, ‘ती सबै नियुक्ति विधिसम्मत थिए, सरकारले विधि कुल्चिँदै बदर गर्ने फैसला गरेको छ ।’

सरकारको पछिल्लो निर्णयमा कांग्रेस मौन नबस्ने चेतावनीसमेत उनले दिए । ‘ओली नेतृत्वको सरकारले दुई तिहाइको दम्भमा लोकतन्त्रको मूल्यमान्यताभन्दा बाहिर गएर यत्रतत्र भाडभैलो सिर्जना गरिरहेको छ,’ उनले भने ।

कांग्रेस नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले निजी खर्चमा खरिद गरेका ६ वटा एम्बुलेन्स शनिबार मन्थलीमा आयोजना हुने कार्यक्रममा रामेछापका विभिन्न स्थानमा हस्तान्तरण गर्न देउवा यहाँ आइपुगेका हुन् ।

तामाङले यसअघि पनि ३ वटा एम्बुलेन्स खरिद गरी रामेछापमा सञ्चालन गर्नका लागि उपलव्ध गराइसकेका थिए ।- कान्तिपुर दैनिक

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार