फ्रान्स र बेल्जियम सेमीफाईनलमा, ब्रजिलको विश्वकप यात्रा सकियो

काठमाडौं — रसियामा जारि विश्वकप फुटबलको पहिलो क्वार्टरफाईनलमा फ्रान्सले उरुग्वेलाई २-० र बेल्जियमले ब्रजिललाई २-१ गोलले पराजित गरेका हुन् । पहिलाे दिनकाे क्वार्टरफाईनल खेलमा  फ्रान्स र बेल्जियमले सेमीफाईनलमा आफ्नो स्थान पक्का गरेका छन्।अब फ्रान्सले सेमीफाईनलमा  बेल्जियमको सामना गर्नेछ ।

पहिलो क्वार्टरफाईनलमा फ्रान्सले खेलको ४०औं मिनेटमा एन्टोनी ग्रिजम्यानको फ्रिकिकमा राफायल भारानले टाउको मार्फत गोल गर्दै  १-० को अग्रता दिलाएका थिए।

त्यसैगरि फ्रान्सकालागि दोस्रो गोल एन्टोनी ग्रिजम्यानले ६१औं मिनेटमा गरेका थिए। ग्रिजम्यानले प्रहार गरेको बल उरुग्वेका गोलकिपर फर्नान्डो मुसलेराको हातमा लागेर जाली चुमेको थियो। उनले बाहिर फाल्न खोजेको बल आफ्नै पोष्टमा छिरेको थियो।

खेलमा फ्रान्सले आफ्नो प्रभुत्व जमाएको थियो। ६२ प्रतिसत बल आफ्नो नियन्त्रणमा राखेको फ्रान्सले २ बल पोष्टमा प्रहार गरेको थियो। दुवै प्रहार गोल भएका थिए।

फ्रान्सकालागि गोलकिपर ह्युगो लोरिसले राम्रो बचाउहरु गरेका थिए। उरुग्वेले केही आक्रमणहरु गरेको भए पनि गोलमा परिणत हुन सकेको थिएन। फ्रान्स १ पटकको विश्व विजेता रहिसकेको छ भने उरुग्वेको नाममा २ विश्वकप बिजेताको उपाधि रहेको छ।

त्येसाैगरि बेल्जियम र ब्राजिल क्वार्टरफाईनल खेलको १३औं मिनेटमा ब्रजिलका फर्नान्डिन्होले आत्मघाती गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। खेलको पहिलो हाफमा बेल्जियमले ब्रजिललाई कुनै पनि मौका दिएको थिएन।

खेलको ३१औं मिनेटमा बेल्जियमका केविन डे ब्रुनीले गोल गर्दै बेल्जियमको अग्रता २-० बनाएका थिए। बल आफ्नो पक्षमा धेरै राखे पनि ब्राजिलले गरेका आक्रमणहरुलाई बेल्जियमको रक्षापंक्तिले निस्तेज पारेको थियो।

खेलको ७६औं मिनेटमा रेनाटो अगस्तोले गोल गर्दै ब्राजिललाई खेलमा फर्काउने प्रयास गरेका थिए। त्यसपछि ब्राजिलले केही राम्रा आक्रमणहरु गरेको भए पनि गोलमा परिणत हुन सकेको थिएन।

बेल्जियम ३२ वर्षपछि विश्वकपकाे सेमिफाइनलमा पुग्न सफल भएकाे हाे । यसअघि बेल्जियमले सन् १९८६ मा भएकाे विश्वकपमा सेमिफाइनल खेलेकाे थियाे ।

रसियामा जारि विश्वकप फुटबल प्रतियोगिताकाे क्वार्टरफाईनल  फुटबल खेल प्रतियोगिताबाट पाँच पटकको बिजेता ब्राजिल पनि बाहिरिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार