https://www.saurabhgroup.com/

मेसीको नक्कल गर्दा फुटबलर सागर दासको निधन

एजेन्सी, २४ असार  – लियोनेल मेसीको शैली नक्कल गर्ने क्रममा एक फुटबलर सागर दासको निधन भएको छ । जुनबेला घटना भयो त्यतिबेला २० वर्षीय सागर स्थानीय फुटबल खेलिरहेका थिए ।

सागर मेसीका बडा फ्यान थिए । उनी मेसीलाई आदर्श मान्थे । उनी मेसी जस्तै बन्ने चाहना थियो तर अफशोच उनको सपना पुरा हुन सकेन ।

भारतीय संचार माध्यमले जनाएअनुसार मेसीले नाइजेरियाविरुद्ध गोल गरेको शैली सागरले अपनाएका थिए । मेसीले जसरी बल छातीमा लिएर विश्वकपमा पहिलो गोल गरेका थिए ।

त्यही अनुसार उनले पनि त्यही मुभलाई कोसिस गर्दा सन्तुलित भएन र फुटबल उनको छातीमा लाग्यो । उनी त्यही बेहोस भए ।अस्पतालमा छिटै लगे पनि उनको मृत्यु भइसकेको थियो । — नेपाल समाचारपत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार