लाेक गायीका सर्मिला गुरुङको तिज गित बजारमा ‌(भिडियो सहित)

गायिका शर्मिला गुरुङलाई लाेकगित पारखीहरुले नचिन्ने त कुरै भएन हाे उनै शर्मिला गुरुङकाे नयाँ तिज गित हेयरिवट नेपालले बजारमा ल्याएकाे छ । पछिल्लो समय उहाँको गित संगितमा त्यति बाक्लो उपस्थिति भने छैन् तर बेला बेलामा हुने उनको उपस्थिति भने दमदार रहने गरेकाेछ ।

तिजको अवसर पारेर शर्मिलाको निकै सन्देशमुलक तिज गित दुख पाइस मंगले भर्खर मात्र बजारमा सार्वजनिक भएको छ । प्रिया शेर्पाको शव्द तथा क्षितिज सुनारको लय सिर्जना रहेको सो गितमा एउटा परिवारको कथालाई गितमा उठाउन खोजिएको छ ।

शर्मिला गुरुङ र क्षितिज सुनारको आवाज रहेको सो गितमा शेरबहादुर गुरुङ,अस्मिता बस्नेत र कृष्ण पोख्रेलको अभिनय समेत रहेको छ । गितलाई सिर्जन बरालले म्युजिक भिडियो निर्देशन गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार