सिटीको १२ औं वार्षिकोत्सवमा बाल सारथीलार्इ शैक्षिक सामाग्री वितरण !!!

काठमाडौं, २७ असार -सिटी एक्सप्रेस मनी ट्रान्सफरको आफ्नो १२ औं बार्षिकोत्सवको उपलक्ष्यमा आज “बाल सारथी” संस्थाका विद्यार्थीहरुलाई  सामाजिक उत्तरदायित्व अन्र्तर्गत शौक्षिक सामाग्री वितरण गरेको छ ।

साथै उक्त संस्थालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टण्डनज्यूले नगद रु ५०,०००/- पनि प्रदान गर्ने घोषण गर्नुभएको छ ।

उक्त रकम त्यस संस्थामा अध्ययनरत ९० जना विद्यार्थीहरुको लागी एक हप्ताका लागी रासन पानीमा खर्च गरिने “बाल सारथी” संस्थाका संस्थापक माला खरेलले जानकारी दिनुभएको छ ।

उक्त कार्याक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टण्डन लगायतका सिटी एक्सप्रेस मनी ट्रान्सफरको बजार व्यवस्थापकका टोली साथै बाल सारथीका सल्लाहकार एवम् नेपाल सरकारका पुर्व सचिव आत्माराम पाण्डेज्यूको पनि उपस्थिती रहको थियो ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार