भक्तपुरमा अविरल वर्षाले भूकम्प पीडितका टहरो भत्किदा एकैपरिवारका ३ को मृत्यु

काठमाडौँ, २८ असार – भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मजुवा टोलका सुतिरहेको बेला खसेको पहिरोले च्यापिएर ७० वर्षीय हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया दानमाया लामा र उनीहरूकै नातिनी अढाई वर्षकी सम्पदा लामाको मृत्यु भएको हो ।

घरमाथिको ढिस्को खसेर थिच्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकाकी बाबुआमा सोही ठाउँमा रहेको अर्को पक्की घरमा सुतेकाले बचेको छन् । उनीहरू भूकम्प पीडित हुन् । उनीहरू बस्दै आएको अस्थायी टहरो भत्किएर च्यापिएका थिए ।

मनोहरा खोलालगायत अन्य स्थानीय खोलामा समेत बाढी आएपछि स्कुल तथा बस्ती डुबानमा परेका हुन् । डुबानमा परेका करिब चार सय जनालाई प्रहरीले उद्वार गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार