एउटै मन्त्रीका १७ जना सल्लाहकार, नाम सहित

काठमाडौं, २९ असार  – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले सचिवलयमा कार्यरत आफ्ना सबैजसो कर्मचारलिाई विभिन्न निकायको जिम्मा दिनुभएको बुझिएको छ ।

मन्त्री पोखरेलले आफुलाई भेट्न आउने मन्त्रालयका सहसचिव लगायतका उच्च पदाधिकारीलाई सचिवालय सदस्यमार्फत काम गर्न आउनुपर्ने व्यवस्था गर्नुभएको छ । ‘आफु वेफुर्सद रहेकाले सचिवालयको सदस्यमार्फत काम गर्नु भन्दै पन्छिने गर्नुभएको छ ।’–एक उच्च स्रोतले भन्यो ।

यसअघि नेपाल समाचारपत्रले सोध्दा आफुसंग धरै निजी सचिव र सचिवालयमा काम गर्ने सदस्य नभएको दाबी गर्दै आउनुभएका मन्त्री पोखरेलको सचिवालयमा कार्यरत १७ जनाकै नाम प्राप्त भएको छ ।

मन्त्री ज्युले यतिधेरै निजी सचिव र सचिवालयमा कर्मचारी राख्नुभएको छैन नेपाल समाचारपत्रमा प्रकाशित समाचार झुटो हो भन्दै केही सचिवालय सदस्यले मन्त्रीको बचाउ गरेका थिए । तर मन्त्री पोखरेलले केही निजी सचिव र केहीलाई सल्लाहकारको जिम्मेवारी दिएर जम्बो टोली बनाउनुभएको छ । उक्त टोलीका सदस्यले विभिन्न निकायको जिम्मेवारी लिदै आएका छन् ।

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सार्वजनिक गरेको सुविधासम्बन्धी नियममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले उपस्वकीय सचिव एक जना, स्वकीय अधिकृत एक जना, नासु सरहको सहायक १ जना र २ जना सवारी चालक गरी ५ जना कर्मचारी राख्नुपर्ने व्यवस्था छ । प्रधानमन्त्री कार्यालयले २०६८ भदौ २९ गते नियम संसोधन गरी यो व्यवस्था लागू गरेको थियो ।

सल्लाहकार राख्ने समेत अधिकार नै नभएका मन्त्री पोखरेलले जीवन गौतमलाई घोषित रुपमै सल्लाहकार बनाउनुभएको छ । प्रम कार्यालयले शिक्षा मन्त्रीलाई सल्लाहकार राख्ने सुविधा नभएको जनाएको छ । गौतम सल्लाहकारको रुपमा राज्यमन्त्रीको कार्यकक्षमा बस्ने गर्नुभएको छ । मन्त्रालय शिक्षा विभाग लगायतका महत्वपुर्ण निकायको काम उहाबाटै हुने गरेको छ ।

को को छन् सचिवालयमा ?

१. जीवन गौतम

२. पुष्प ढकाल

३. पुरण केसी

४. विनोद न्यौपाने

५. रुद्र मगर

६. सुनिल खड्का

७. शंकर शाह

८. राजकुमार कोइराला

९. लिलामान भण्डारी

१०. भीम पोखरेल

११. प्रकाश खतिवडा

१२. शिव फुयाल

१३. पंकज रावल

१४. रोहित दाहाल

१५. सुदर्शन पराजुली

१६. नन्द थापा

१७. शक्ती कोइराला

  •  नेपाल समाचारपत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार