डा.गोविन्द केसीको जीवन रक्षाका लागि अमेरिकाबाट हस्ताक्षर संकलन अभियान

अपिलको पूर्णपाठसहित
बोस्टन (अमेरिका)
अमेरिकाबाट नेपालको चिकित्सा शिक्षाको क्षेत्रमा सुधार गर्न आमरण अनसन बसेका डा.गोविन्द केसीको जीवन रक्षाका लागि अमेरिकाबाट अभियान थालिएको छ । केसीको जीवन बचाउने पहलका लागि संयुक्त राष्ट संघीय मानवअधिकार आयोग समक्ष अपिल गर्दै चेन्ज डट ओराजी मार्फत् हस्ताक्षर संकलन अभियान थालिएको हो ।

बोस्टनस्थित सामाजिक अभियन्ता एवं स्रष्टा शिव प्रकाशले डा.केसीको प्राण रक्षा गर्न संयुक्त राष्ट संघीय मानवअधिकार आयोगसमक्ष अपिल गरिएको जानकारी दिए ।

शिवप्रकाशले बुधबार चेन्ज डट ओराजीमा अपिल तयार गरि फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालमार्फ्त सबैसंग डा.केसीको जीवन बचाउने अभियानमा साथ दिन आव्हान गरेका छन् ।

त्यसका लागि जतिसक्दो छिटो र धेरै मात्रामा हस्ताक्षर संलकन गर्न उनले चेन्ज डट ओराजीमार्फत् यो अभियान थालेका हुन् । बेलैमा आयोगसमक्ष अपिलको सुनुवाईका लागि एक लाख हस्ताक्षर पुर्याउनु आवश्यक रहेको उनले औंल्याए । उनले डा.केसीको जीवन रक्षाका लागि उच्चस्तरबाट पहल हुन सक्ने देखेर आफुले यो अभियान थालेको बताए ।

चिकित्सा शिक्षाको क्षेत्रमा व्यापक सुधार गर्न बनेको अध्यादेश बीना संसोधन विधेयकका रुपमा ल्याउन माग गर्दै डा.केसी १५ औं पटक फेरि अनसन बसेका छन् । नेपालको विकट हिमाली जिल्ला जुम्लामा विगत १४ दिनदेखि आमरण अनसनमा रहेका उनको स्वास्थ्य अवस्था दिनदिनै गम्भीर बन्दै गइरहेको छ ।

https://www.change.org/p/humanrights-save-philanthropist-dr-govinda-kc

केसीले चिकित्सा शिक्षा अध्यादेशकै हुबहु विधेयक ल्याउनु पर्ने मुख्य माग राखेका छन् । सरकारले भने त्यसको मुख्य बुंदा नै हटाएर संशोधित विधेयक ल्याउन खोजेपछि केसी अनसन बसेका हुन् ।

जनताका डाक्टर तथा मानवताका पुजारी डा.गोविन्द केसीको प्राण रक्षाका लागि संयुक्त राष्ट संघ तथा राष्टसंघीय मानवअधिकार आयोगसमक्ष अपिल गरिएको छ, केसी बचाउ अभियानकर्ता शिवप्रकाशले भने, एक लाख हस्ताक्षर पुर्याउन सके आयोगको ध्यान आकर्षित हुने थियो । यसका लागि निम्न लिंकमा गई हस्ताक्षर गर्न उनले आव्हान गरेका छन् ।

सिंगो मुलुकबासीको हितका लागि पटकपटक राज्यसंग लड्दै आएका डा.केसीको जीवन रक्षाका लागि उनका जायज माग पुरा गर्न सरकार तयार नभएपछि स्थिति जटिल बन्दै गएको छ ।

सरकारले उचित माग सम्बोधन नगर्ने र कुनै व्यक्तिको अनसनकै भरमा आफ्नो निर्णयमा पछि नहट्ने अभिव्यक्ति दिएपछि जुम्लाको चिसोमा अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजुक बनेको विवरण आउन थालेका छन् ।

चेन्ज डट ओआरजीको मुख्य काम यसमार्फत् बढीभन्दा बढी हस्ताक्षर संकलन गरि सम्बन्धित निकायसम्म अपिल पुर्याउने हो । यस्तो अभियानले यस विषयमा अन्तराष्टिय दवाव सृजना गर्न बाध्य बनाउने गर्छ । यो साइटलाई मानवअधिकारसम्बन्धी विश्वव्यापी संस्था एम्नेस्टि इन्टरनेशनल र ह्यूमेन राइट्स सोसाइटीले मुद्दाका रुपमा प्रबद्र्धन गर्ने गर्दछन् ।

यस साइटमार्फत् विगतमा अपिल गरिएका चर्चित विषयहरु आर्थिक र न्यायिक, मानवअधिकार, शिक्षा  वातवारण संरक्षण, पशुअधिकार, स्वास्थ र दिगो खाद्य लगायत छन् ।

डा.गोविन्द केसीको प्रारण रक्षा गर्न हस्ताक्षरका लागि लिंक ।
अपिलको पूर्णपाठ :


Save Dr. Govinda KC’s Life :

Dr. Govinda KC Over 200 Days of hunger strike.

Dr. Govinda KC has been staging an indefinite hunger strike at Jumla, a remote district of Nepal since June 30. This is his 15th Hunger Strike. He has been on hunger strikes for over 200 days. Being a senior orthopedic surgeon in Teaching Hospital in Kathmandu, Nepal, he is also a crusader for Humanity.

There is an urgent need to resolve the issues that led Dr. Govinda KC to embark on his 15th hunger strike in July this year. Thousands of people have been demonstrating along with him on the streets of Nepal since he started his strike. Dr. KC demands for an accountable government and social justice for people of Nepal.

He demands for affordable quality public education and healthcare. His exact demands to the government are listed below:

1. Dr. KC wants the government to pass a health education act, which will ensure the creation of new medical colleges across the country and restrict the creation of anymore in Kathmandu Valley.

2. Dr. KC wants the government to pass a law which will restrict medical institution from charging students extravagant amount of money, thus lowering the total cost of medical education. In simple a cap on the cost of medical education

3. Dr. KC demands for free higher-level education (colleges & universities) of medicines.

4. Dr. KC demands for the implementation of the Mathema Committee Report on Health Profession Education Policy.

5. Dr. KC demands for the repealing of a bill tabled in parliament that would allow the creation of a new ‘cooperative’ medical colleges in Kathmandu in which 146 parliamentarians are shareholders.

Much of the illegal money in Nepal is made in the Medical Education sector. With high rates of corruption and other illegal activities, it is hard for Dr. Govinda KC to break through the political, bureaucratic, financial, and judicial barriers.

He cannot fight this battle alone so Nepalese people and people from other countries must voice their opinions and force Nepal’s government and parliament to act. Please support Dr. KC’s campaign by signing this petition. Help move Nepal in the direction of social justice, development and responsibilities.

Calling Dr. Govinda KC’s demands “impractical”, Prime Minister KP Sharma Oli has directed Nepal Communist Party (NCP) lawmakers to strongly defend the government’s stance. According to Mr. Oli’s government ” not all of the fasting surgeon’s concerns can be addressed “. This shows the carelessness and thoughtless actions of Nepal’s government towards its citizens. Nepal’s government has agreed 14 times to fulfill Dr. KC’s demands but has never ever even taken a step towards any change.

PLEASE SUPPORT to Save Dr. GOVINDA KC’s life and HIS FIGHT FOR HUMAN RIGHTS.

-Shiva Prakash

#Human Rights #United Nations Human Rights Council #United Nations

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार