बेल्जियम बिरुद्ध ईङल्याण्ड दोस्रो पटक पराजित, यसकारण हार्यो इंगल्याण्ड

काठमाडौं – रसियामा जारि विश्वकप फुटबल प्रतियोगिताको तेस्रो स्थानकालागि भएको खेलमा बेल्जियमले ईङल्याण्डलाई २-० गोलले पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको छ।

फ्रान्ससँग सेमीफाईनलमा हारेको बेल्जियमले ईङल्याण्ड बिरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा दोस्रो पटक जित हासिल गरेको हो । समुह चरणमा पनि बेल्जियमले ईङल्याण्डलाई १-० गोलले पराजित गरेको थियो।

खेलको चौथो मिनेटमा थोमस मेनियरले गोल गर्दै बेल्जियमलाई १-०को अग्रता दिलाएका थिए। त्यसैगरि ८२औं मिनेटमा एडेन हजार्डले दोस्रो गोल गर्दै बेल्जियमलाई २-० गोलको अग्रता दिलाएका थिए। उक्त अग्रता बेल्जियमलाई बिजयी गराउन पर्याप्त रहेको थियो।

ईङल्याण्ड क्रोएसियासँग सेमीफाईनलमा पराजित हुँदै तेस्रो स्थानकालागि बेल्जियम बिरुद्ध खेल्न उत्रेको थियो। उपाधि जित्ने होडमा रहेका दुवै बेल्जियम र ईङल्याण्ड सेमीफाईनलमा पराजित हुँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएका थिए।

इंगल्याण्ड आक्रामक खेल्ने अपेक्षा गरिएको थियो । तर इंगल्याण्ड झनै डिफेन्सिभ भयो । हाफ टाइमसम्म इंगल्याण्ड निराश भयो ।

हाफटाइमपछि इंगल्याण्डले केही आक्रमण गर्यो । तर त्यसलाई बेल्जियमका गोलकिपरले निस्तेज पारे । आधादर्जन प्रयास इंगल्याण्डका विफल भए । इंगल्याण्डको फिनिसिङ नै भएन । ८२ औं मिनेटमा एलेन हजार्डले गोल गर्दै बेल्जियमलाई २–० ले अग्रता दिलाए ।

त्यसपछि पनि गोलका लागि इंगल्याण्डको प्रयास रहेन । खेलमा गोल बिना जित सम्भव नहुने यो खेलले स्पष्ट गर्छ । जसरी क्रोएसियाविरुद्धको सेमिफाइनलमा पराजित मानसिकताबाट खेल्यो त्यसरी नै इंगल्याण्डले बेल्जियमविरुद्ध खेल्यो ।

५७ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिए पनि त्यसको सदूपयोग इंगल्याण्डले गरेन । छोटो पास अनि आपसमै खेल्ने गरेर समय बिताए पनि इंगल्याण्डका खेलाडीले बल अगाडि बढाउनुको सट्टा पछाडि लैजाने काम बढी गरे ।

समग्रमा इंगल्याण्डले आक्रामक खेलेन । जित्नुपर्छ भन्ने मानसिकतामा रहेन । उसले गरेका जम्मा चार फाउलले पनि देखाउँछ कि उसले आक्रमणका लागि कुनै भूमिका नै खेलेन । बेल्जियमलाई जित्नुथियो । विपक्षीसंग टसल गर्नुथियो । सो बीचमा उसले फाउल पनि खेल्यो । ११ फल बेल्जियमबाट भएको थियो ।

महत्वपूर्ण खेलमा फेयर प्ले खेल्न खोजेको इंगल्याण्डको हारले तेस्रो स्थान पनि गुम्यो । सन् १९६६ को विश्वकप जितेको इंगल्याण्ड त्यसयता दोस्रो पटक सेमिफाइनलमा पुगे पनि तेस्रो स्थान भने दुवै पटक ओगटन सकेन ।

कप्तान ह्यारी केनले समूह चरणमै पाँच गोल गरेका थिए । त्यसपछि एक गोलमात्र गरे । उनी अझ बढी हाइ स्कोरर हुन सक्थे । तर जाँगर गरेनन् । उनी ६ गोलबाटै गोल्डेन बुट पाउने खेलाडी बन्ने निश्चित छ । तर इंगल्याण्डको निरश प्रदर्शनलाई एउटा कप्तानले चिर्न सकेन ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार