फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन, क्रोएसिया ४-२ गोल अन्तरले पराजित

काठमाडौँ, ३२ असार  – विश्कप फुटबल प्रतियोगिता अन्तरगत मस्कोमा भएको फाइनल भिडन्तमा क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै फ्रान्सले दोस्रो पटक उपाधि उचालेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो ।

खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघााती गोलमार्फत अग्रता लिएको थियो । कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो मान्जुकिजले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि क्रोएसियाले २८ औं मिनेटमै गोल फर्काएर खेल बराबरीमा ल्याएको थियो । उसका लागि इभान पेरिसिकले बराबरी गोल गरे ।

क्रोएसियाले खेल बराबरीमा ल्याएको १० मिनेटमैमा इभान पेरिसिचको गोलमा क्रोएसिया फेरी खेलमा फर्किन सफल भएको हो । फेरी खेलको ३८ औं मिनेटमा पेरिसिचको ह्यान्डबलमा फ्रान्सले पेनाल्टी जित्न सफल भएको थियो । ग्रिजम्यानले सो पेनाल्टी परिणत गर्दै फ्रान्सलाई खेलमा फेरी अग्रता दिलाएका हुन् । कर्नर बलमा क्रोएसियाली डिफेन्डरले ह्याण्ड गर्न पुग्दा पाएको पेनाल्टीलाई फ्रान्सका एन्टोनि ग्रिजम्यानले गोलमा परिणत गरे ।

दोस्रो हाफमा बलमाथि क्रोएसियाले बढी नियन्त्रण गरे पनि फ्रान्सले पाएका अवसर सदुपयोग गर्दा फाइनल खेलमा फराकिलो जित दर्ता गर्न सफल भयो ।

फ्रान्सका पोग्बाले खेलको ५९ औं मिनेटमा गोल गर्दै स्कोर ३-१ बनाए । डिबक्स बाहिरबाट किलियन एम्बाप्पेले गोल गर्दै ६५ औं मिनेटमा फ्रान्सको स्कोर ४-१ पारे ।

क्रोएसियाका लागि सान्त्वना गोल खेलको ६९ औं मिनेटमा ह्युगो लोरिसको गल्तीको सदुपयोग गर्दै मान्डजुकिचले गोल गर्दै स्कोर ४/२ पार्दै खेललाई रोमाञ्चक बनाए । पहिलो पटक फाइनल पुगेको टिम क्रोएसियाले बलमाथि धेरै नियन्त्रण राखे पनि गोल गर्न नसक्दा हार व्यहोर्न पुग्यो । फ्रान्सले यस अघि सन् १९९८ मा आफ्नो पहिलो उपाधि जितेको थियो ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार