सुबिसुका भाग्याशाली विजेतालाई ३ महिनाको क्लियर टि.भी. प्रिमियम प्याकेज 

काठमाडौँ  – नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा० लि० ले आफ्ना क्लियर टि.भी.प्रयोगकर्ताका लागि विशेष योजना प्रस्तुत गरेको छ । ३२ जना भाग्याशाली क्लियर टि.भी.ग्राहकहरुलाई ३ महिनाको क्लियर टि.भी. प्रिमियम प्याकेज “Clear TV World Cup Kick Off Offer” अन्तर्गत कम्पनीले प्रदान गर्नेछ ।

कम्पनीले विश्वकप २०१८ लाई लक्षित गरी ८ जुन देखि १५ जुलाई सम्म क्लियर टि.भी. सेवामा “Clear TV World Cup Kick Off Offer” प्रस्तुत गरेको थियो । सो योजना अवधीभर क्लियर टि.भी.सेवा नविकरण तथा नयाँ जडान गर्नुभएका ग्रहाक महानुभावहरु लाई समावेश गरी गोला प्रथाद्घारा ३२ जना भाग्यशाली विजेतालाई थप ३ महिनाको क्लियर टि.भी प्रिमियम प्याकेज सेवा प्रदान गर्ने छ ।

वल्र्ड कपलाई ध्यानमा राखेर ल्याईएको यस योजनालाई ग्राहकमहानुभावहरुले अत्याधिक रुचाउनु भएको छ । घर,restaurants, club, Futsal ground आदि स्थानहरुमा ग्राहकमहानुभावहरुले Russia World Cup  2018 को अनुभव क्लियर टिभिमा गर्नुभएको छ ।

हाल क्लियर टि.भी. सेवाअर्तगत ६० भन्दा बडि एच डि च्यानलहरु सहित २५० भन्दा वडि डिजिटल च्यानलहरु रहेका छन् । यस विशेष योजनामा सर्त तथा नियमहरु लागू हुने कम्पनिले जनाएकाे छ ।

Clear TV,  सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायककम्पनीको उत्पादन हो । यो नेपालको पहिलो  Digital Cable Television सेवाहो जसले MPEG4 Standard Definition र High Definition channels केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्दछ ।

सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs), व्यानएथर्नेट(WAN Ethernet), होलसेल आइ.पि ट्रान्जिट (Wholesale IP Transit),  एम.भि.पि(MVP),  डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदानगर्दै आएको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार