माइतीघर मण्डला बाट सुरु भयो बिशाल प्रर्दशन, ‘ओली सरकार रगतको खोलो नबगोस’ !

डा. केसीको समर्थनमा बाबुरामसँगै सुशीला कार्की र मनिषा कोइराला सडकमा

काठमाडौं, ५ साउन -डा.गोविन्द केसीको आमरण अनसन ओली सरकारलाई घाडो बन्ने पक्कापक्की छ । समयमै सरकारले बुद्धि नपुर्यादाँ आन्दोलन चर्किएर जाने पक्कापक्की भएको हो । आजको प्रर्दशनमा नेपाली कांग्रेस निकट बिद्धार्थी संघको उल्लेख्य उपस्थिती रहेको छ । केसीको माग सुनुवाइ एवं जीवनरक्षाका लागि सरकारलाई दबाब दिन माइतीघर मण्डलामा आज विरोध प्रदर्शन भएको हो ।

माइतीघर मण्डला बाट सुरु भएको बिशाल बिरोध प्रर्दशन नयाँ वानेश्वर तर्फ लम्किएको छ । प्रर्दशनकारीहरुले ओली सरकार होशियार ,रगतको खोलो नबगोस् भन्ने नाराहरु लगाएकाछन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै २२ दिनदेखि अनशनमा बसेको केसीको मागप्रति सरकार गम्भीर नभएको भन्दै माइतीघरमा प्राध्यापक, विश्लेषक, लेखक, अधिकारकर्मी, पूर्व प्रधानन्यायाधीश, पुर्वउपकुलपति विभिन्न दलका नेता, कार्यकर्ता, चिकित्सा क्षेत्र आवद्ध विभिन्न संघसंस्थाका प्रतिनीधि र सर्वसाधारणले प्रदर्शन गरेकाहुन् ।

सडकमा डा केसीको मागको सुनुवाइको लागि निरन्तर दवाव दिदै आएको विवेकशिलका साझाका नेता कार्यकर्ताहरु पनि प्रदर्शनमा सहभागि भएकाछन्। राष्ट्रिय जनता पार्टीले औपचारिक रुपमै केसीको मागमा ऐक्यवद्धता जनाएसँगै कार्यकर्ता पनि प्रदर्शनमा सहभागि भएकाछन्। बाबुराम भट्टराईको नयाँ शक्तिका नेता कार्यकर्ता पनि र्‍यालीमा सहभागि भएकछन्।

प्रदर्शनमा प्राध्यापक केदारभक्त माथेमा, नायिका मनिषा कोइराला, पूर्व प्रधानन्ययाधिस सुशिला कार्की, काँग्रेस नेता गगन थापा, लेखक खगेन्द्र सँग्रौला, कृष्ण पहाडी, डा देबेन्द्र राज पाण्डे लगायत धेरै सामाजिक व्यक्तित्वहरु सहभागि भएकाहुन्।

शनिबार बानेश्वरमा डा केसीको समर्थनमा आयोजित कोणसभालाई सम्बोधन गर्दै सुशिला कार्कीले यो सरकार असहिष्णु बनेको बताइन्। सरकारका नेतृत्वकर्ता माफियाको माकुरोका जालोमा फसिरहेको भन्दै यथासक्य चाँडो गोविद केसीको माग सम्बोधन गर्नुपर्नेमा जोड दिइन्। तत्कालन माग पूरा नभए देशमा आगो बल्ने उनको चेतावनी छ। कार्कीले इन्टरनेटमा शुल्क बढाएकोमा पनि आपत्ति जनाउँदै सच्याउन माग गरिन।

विश्लेषक खगेन्द्र संग्रौलाले देशमा माफियाको अन्त्य हुनुपर्ने बताए। सरकारले समाजवाद भनिरहेकाे भन्दै माफियाकाे पक्षमा उभिनु कस्ताे समाजवाद हाे भनी प्रश्न गरे।

डा केसी १५ औँ पटकको अनसन बसेको २२ औं दिन भइसक्दा पनि सरकारले समस्या समाधानतर्फ चासो नदिएको भन्दै अभियन्ताहरुले सरकारलाई दवाव दिन सडकमा उत्रिनु परेको बताएका छन्। सरकार जवर्जस्ती अनशन तोडाउन लागिपरेको तर माग पुरा गराउन अनिच्छुक भएकोले पनि दवाव आवश्यक रहेको अभियानकर्मीहरुले बताएकाछन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार