दुर्गा प्रसाईँलाई कारबाहीको माग गर्दै नेपाली मेडिकल स्टुडेन्ट एसाेसीयसन बंगलादेश

काठमाडौं, ५ साउन – बिएन्डसी सञ्चालक दुर्गा प्रसाईलाई कारबाही गर्न सरकार समक्ष माग गरिएको छ। नेपाली मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले शुक्रबार विज्ञप्ती जारी गरि बिएमसी सञ्चालक दुर्गा प्रसाईले तथ्यहिन कुराहरु बोलेको भन्दै कारबाही गर्न सरकार समक्ष माग गरेको हो।

विज्ञप्तीमा भनिएको छ, झापा स्थित बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईले मिडियामा बंगलादेशमा पढ्न गएका र पढेर आएका नेपाली चेली विद्यार्थीहरुलाई लक्षित गर्दै दिएको अभिव्यक्तिको बिरोध गर्दछौं।

बंगलादेश पढ्न गएका नेपाली चेलीहरुलाई चोट पुगेको बताउदै एशोसिएशनका अध्यक्ष नविन यादवले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘यस्ता अभिव्यक्तिले बंगलादेशमा अध्ययनरत हजारौं चेलीहरुलाई चोट परेको छ, वास्तविकता नबुझि मनगढन्ते तरिकाले आएका प्रसाईका अभिव्यक्ति प्रति आपत्ति प्रटक गर्दै सम्बन्धित निकायको ध्यानाकार्षण गर्दै सरकार समक्ष कारबाहीको लागि जोडदार माग गर्दछौं।’

प्रसाईले समाजिक सञ्जालमा भिडियो जारी गरि सार्वजनिक रुपमा बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली केटीहरु ९ वर्षसम्म बस्ने र त्यहाँ उनीहरुको प्रोफेसरहरुबाट अस्मिता लुटिने विवादस्पद अभिव्यक्ति दिएका थिए।

https://www.facebook.com/AlternativeForN/videos/899999846867513/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार