काठमाडौं, ७ साउन- चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत डा.गोविन्द केसीको जीवन रक्षा गर्न सरकार गम्भिर नभएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ।
सरकारले अनशनको २४ औं दिन वितिसक्दा पनि गम्भिरता प्रकट नगरेको हुनाले डा. केसी को जीवन दिनप्रतिदिन जोखिम अवस्थामा गईरहेकोमा नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
संघले रेजिडेन्ट चिकित्सकहरुले संचालन गरेको बहिरंग र अन्तरंग सेवा बहिष्कार प्रति ऐक्यबद्धता जनाउदै देशभरका चिकित्सकहरुले आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपिडी टिकट, रसिद, बील बहिष्कार गर्ने, विरामीको स्वास्थ्यलाई असर नपर्ने गरी बैकल्पिक उपायद्वारा ओपिडी सेवा संचालन गर्ने तथा निशुल्क सेवा दिने तयारी गरेकाे संघले जनाएकाे छ।
साथै देशभरका चिकित्सकलाई जिल्लामा रिलेअनसन, र्याली, धर्ना लगायतका विरोधका कार्यक्रमहरु गर्दै नागरिक समाजसँग समन्वय गरी सशक्त विरोध मा उत्रिन अपिल गरेकाे छ।