काठमाडौं, ८ साउन — कानुन मन्त्री शेरबहादु तामाङले आफ्नो पदबाट राजिनामा दिएका छन् । आज पत्रकार सम्मेलन गरी औपचारीक रुपमा राजिनामा दिएका हुन । राजिनामा घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली, सिन्धुपाल्चोकका मतदाता र नेपाली जनतालाई विशेष धन्यवाद ज्ञापन गरेका थिए ।
श्रीमती उषाकला राईसहित पत्रकार सम्मेलनमा उपस्थित भएका सुरूमा उनले आफूले पदभार सम्हालेपछि गरेका कामहरूको बारे चर्चा गरेका थिए।
बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् । राजीनामा घोषणा गर्दा तामाङ निकै भावुक भएका थिए । जनतालाई शिरमा राखेर काम गरेको तर, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै उनले दुःख व्यक्त गरे ।
बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको विवादास्पद अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागेका थिए ।