कानूनमन्त्रीमा तीनजनाको चर्चा, सबैभन्दा अगाडि नेम्वाङ

काठमाडौं, १० साउन — तत्कालीन मन्त्री शेरबहादुर तामाङको राजीनामासँगै भावी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा तीनजनाको नाम चर्चामा छ ।

नेकपा सांसद भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ । तीनजनामध्येबाटै एक मन्त्री हुने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनायो ।

ढकाल, पोखरेल र नेम्वाङ तीनैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । ढकाल मोरङ क्षेत्र नम्बर ३, पोखरेल चितवन क्षेत्र नम्बर २ र नेम्वाङ पाँचथरबाट निर्वाचित भएका हुन् ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार