त्रिशूली बस दुर्घटनामा परी सात जनाको मृत्यु (नामावालीसहित)

काठमाडौं, ११ साउन -पृथ्वीराजमार्गको कुरिनटार नजिक चुम्लिङटारमा बस र ट्रक जुध्दा ज्यान गुमाउने मध्येका केहीको सनाखत भएको छ। इलाकाका प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। घटनास्थलमा ४ जनाको शव भेटिएको छ भने तीन जनाको भरतपुर पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।

घटनास्थलमा रहेका चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभु ढकालका अनुसार घटनास्थलमा मृत्यु हुनेमा दुई महिला र दुईपुरूष छन्।

प्रहरीले २५ जनालाई उद्धार गरेर उपचारका लागि भरतपुर पठाएको थियो। तिनैमध्ये तीन जनाको मेडिकल कलेजमा मृत्यु भएको हो। ट्रकसँग ठोक्किएर बस सडकदेखि लगभग ७० मिटर तल त्रिशूली नदीतर्फ खसेको थियो।

काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस मुग्लिन तर्फबाट गइरहेको ना ५ प ७४०९ को ट्रकसँग ११ बजेर ५५ मिनेट जाँदा ठक्कर खाएको हो।

मृतकहरुको नामावली
१) पाल्पा बेगनासकालिका गा.पाका अर्जुन न्यौपाने
२) तनहुँ भानु न.पा.५ की सुमित श्रेष्ठ
३) तनहुँ भन्सारकी कमला श्रेष्ठ
४)काठमाण्डौका रबिन गुरुङ
५) तनहुँ केशवटारका बाबुराम तिवारी
अन्य दुई जना बालकको नाम नखुलेको जनाइएकाे छ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार