प्रधानमन्त्री ओलीकाे दुई तिहाइको दम्भ ताेडियाे: युवा नेता पौडेल

अर्घाखाँची-कांग्रेस केन्द्रीय सदस्य युवा नेता प्रदिप पौडेलले जनताको छोरो गोविन्द केसीले उठाएका मागलाई वेवस्ता गर्दा आन्दोलनले ओली सरकारकाे दुई तिहाइको दम्भ ताेडिदिएकाे बताए । अाेलि सरकार  अधिनायकवादतर्फ उन्मुख भएर  संविधानलाई कुल्चने र जनविरोधी गतिविधिमा मात्र लागेकाले बाध्य भएर सडकमा उत्रनु परेको बताएका छन् ।

दुई तिहाइको दम्भमा ओलीले देशमा तानाशाह लादन खोजेको आरोप लगाए । कांग्रेस अर्घाखाँचीले सन्धिखर्कमा विरोध ¥यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै पौडेलले चुनाव जित्न जनतालाई झुटा आश्वासन दिएको र सरकारमा गएपछि मुल्यवृद्धि, महंगी, भ्रष्ट्रचार बढेको, शेरबहादुर देउवा सरकारले विधिवत गरेका नियुक्तीहरु गैरकानूनी तवरले खारेजी र सरकार अधिनायकवादतर्फ लागेको बताए ।

पानी जहाज ल्याउछु, रेल ल्याउछु भनेर हल्ला मात्रै गरेर जनतालाई भ्रममा पार्ने काम गरेको बताए । पौडेलले कांग्रेस, बुद्धिजीवि र पत्रकारलाई गाली गरेर र उखानटुक्का हालेर देश नबन्ने बताए । गफाडी ओलीले देसलाई अन्धकारतर्फ लैजादैछन् ।

सबैभन्दा बढी कर लगाउने देश नेपाल भनेर चिनिने भयो । पहिला संविधानको कमा पनि परिवर्तन हुदैन भन्ने ओलीले दुई तिहाई पु¥याउन संविधान पुनःलेखन गर्नुपर्छ भन्ने उपेन्द्र यादवसग साठगाठ गर्नु षडयन्त्रमुलक भएको उनले बताए । हरेक परिवर्तित आन्दोलनको नेतृत्व कांग्रेसले गरेको छ । संविधान सुशील कोइरालाको नेतृत्वमा बन्यो, कार्यन्यवनको लागि चुनाव शेरबहादुर देउवाको नेतृत्वमा भयो, अहिले कार्यन्यवन गर्ने पालामा ओली प्रधानमन्त्री छन्, उनी असफल भैसके, उनले भने ।

देउवा सरकारले गरेका विधिवत नियुक्ती असंवैधानिक भए, ओली प्रधानमन्त्री भएको पनि असंवैधानिक छ । मुख्यमन्त्रीलाई सपथ खुवाउने असंवैधानिक भए, मुखयमन्त्री कसरी संवैधानिक भए, उनले प्रश्न गरे । कुनैबेला माओवादी हत्यारा हुन भन्ने ओली र एमाले दलाल भन्ने पुष्पकमल दाहाल अहिले एकै ठाउ छन् ।

हत्यारा र दलाल मिलेर मनपरी गर्ने, संविधान विपरित काम गर्न नरोकेमा राजा, राणा, पञ्चायत फालेको कांग्रेसले ओली सरकार फाल्न केही गाह्रो नभएको पौडेलले तर्क गरे । संघीयतालाई कार्यन्यवन गर्नमा पनि सरकार गंभिर छैन । संविधानमा सभामुख र उपसभामुख एउटै पाटीको नहुने व्यवस्था छ, त्यहाँ पनि संविधान उल्लघंन भएको उनले बताए ।

गृहमन्त्री रामबहादुर थापाले ठेकेदारलाई तर्साउने काम मात्रै गरेको उनले बताए । कार्यक्रममा कांग्रेस पूर्वजिल्ला सभापति कमलप्रसाद भुसालले सरकारको गलत कामको विरुद्धमा सडक आन्दोलनमा उत्रनु परेको बताए ।

प्रदेस सांसद निर्मला क्षेत्रीले सरकार नसुध्रित सडक र सदन आन्दोलन चर्काइने बताइन । तरुण तलका अध्यक्ष नारायण खड्काले सरकारले जनताको ढाड सेक्ने गरी महंगी, मुल्यवृद्धि र वृद्धभत्तामा कर लगाउने कुरा लाजमर्दाे भएको बताए ।

कार्यक्रम कांग्रेस सभापति विष्णुप्रसाद खनाल (मुस्कान) को सभापतित्व, उपसभापति शान्ता भण्डारीको स्वागत र सचिव छविलाल पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउबाट उल्लेख्य संख्यामा सहभागी भएका थिए । पाटी कार्यालयबाट निक्केको जुलुस सन्धिखर्क, चुत्रावेशी परिक्रमा गरी शान्ति बगैचमा पुगेर कोणसभा भएको थियो ।

सभामा पूर्वजिल्ला सभापति पिताम्बर शर्मा, क्षेत्र १ का सभापति केशव कुवँर, २ का सभापति एवं पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतम, शीतगंगा नगरपालिका प्र्रमुख सुर्यप्रसाद अधिकारी, छत्रदेव गापा अध्यक्ष लेखनाथ पोखरेल, उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ, जिल्ला सचिव विष्णुप्रसाद भुसाल, नेता बाबुराम पौडल, जिल्ला सदस्य कृष्ण खनाल, तरुण नेता पिताम्बर खनाल, तारा फुल्लेल, शिवदेव पाण्डे, अर्जुन पोखरेल लगायत नेताको उपस्थित रहेको थियो । लोकतन्त्र र पाटीमा महत्वपूर्ण योगदान गरेका व्यक्तिलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार