दीपकराज जोशी प्रधानन्यायाधीशमा अस्वीकृत, कांग्रेस सांसदले बैठक बहिस्कार गरे

काठमाडौं, १८ साउन – संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको छ । प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गरेपछि दुई तिहाई बहुमतका आधारमा जोशीको नाम अस्वीकृत भएको हो । जोशीको पक्षमा एक भोट पनि खसेन ।

समितिमा रहेका कांग्रेसका चार सांसदले भने बहिस्कार गर्नुको चार कारण लिखित रुपमै राखेका छन् । ‘संवैधानिक परिषदले सिफारिस गरेका जोशीलाई अस्वीकृत गर्नुपर्ने कारण र आधारका अभावमा नियुक्ति अस्वीकार गर्ने रायसँग हाम्रो गम्भीर असहमति रहेकाले बैठक बहिस्कार गरेका छौं’ उनीहरुले भनेका छन् ।

संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन नहुने जोशी पहिलो प्रस्तावित प्रधानन्यायाधीश भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार