इन्डोनेसिया भूकम्पमा कम्तीमा ८२ जनाको मृत्यु, सयौं घाइते

काठमाडौं – इन्डोनेसियाको लोम्बोक टापुमा गएको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । उत्तर तटीय टापुलाई केन्द्रविन्दु बनाएर गएको ७ रेक्टर स्केलको भूकम्पमा परेर सयौं घाइते भएको दैवी प्रकोप व्यवस्थापनले जनाएको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् । भूकम्पबाट हजारौं घरमा क्षति पुगेको छ ।

सुनामीको खतरा भने भूकम्पको केही घण्टापछि टरेको थियो । उद्दार कार्य भइरहेकाले यसको क्षतिको विवरण आउन समय लाग्नेछ । विजुली गएकाले समस्या भएको जनाइएको छ ।

भूकम्पलगत्तै सुनामीको चेतावनी दिइएकाे थियाे । तर अहिले त्यस्ताे खतरा नरहेकाे भन्दै फिर्ता लिइएकाे छ । प्रसिद्ध पर्यटकीय क्षेत्र लम्बकमा गत हप्ता पनि भूकम्प गएको थियो । ६.४ रेक्टर स्केलको भूकम्पमा १६ जनाको ज्यान गएको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार